पश्चिम बंगालमा भएको ऐतिहासिक भोटले बिजेपीलाई धक्का लाग्न सक्ने

पश्चिम बंगालमा भएको ऐतिहासिक भोटले बिजेपीलाई धक्का लाग्न सक्ने
  • ११ बैशाख २०८३, शुक्रबार ०८:५८

पश्चिम बंगाल र असमका विधानसभा चुनावमा बिहीबार ऐतिहासिक रूपमा धेरै मतदान भए पछि बहसको विषय सुरु भएको छ । बंगालमा अहिलेसम्मकै उच्च ९२.६६ प्रतिशत मतदान भएको छ । यति धेरै प्रतिशत मतदान हुने कसैले नसोचेको विभिन्न सन्चारमाध्यमले जनाएका छन् । असममा पनि ८५.९१ प्रतिशत मतदान भएपछि सन् १९५० देखि अहिले सम्मको रेकर्ड तोडेको छ ।

mulpatra

अघिल्ला रेकर्डहरू हेर्दा पश्चिम बंगालमा अहिलेसम्मकै ऐतिहासक मतदान भएपछि सबैलाई अचम्ममा पारेको छ।

विगत लामो समयदेखि पश्चिम बंगालको राजनीति अध्ययन गरिरहेका राजनीतिक विश्लेषक जयन्त घोषालका अनुसार, उनले यति उच्च मतदान उनले कहिल्यै देखेका थिएनन्। उनको बुझाईमा सामान्यतया धेरै मतदान हुनु सत्ता विरोधी लहरको संकेत मानिन्छ।

mulpatra mulpatra mulpatra

बीजेपीसँग कडा प्रतिस्पर्धा भएकाले टीएमसी समर्थकहरूमा असुरक्षाको भावना बढेको र त्यसैले उनीहरू ठूलो संख्यामा मतदान गर्न आएका पनि हुन सक्छ।

यता बीजेपीले भने यस पटक जनताले परिवर्तनका लागि ठूलो संख्यामा मतदान गरेको दाबी गरेको छ ।
खासगरि बंगालमा लाखौं मतदाता सूचीबाट हटेका थिए त्यसकारण मतदाताको कुलसंख्या घटेकाले प्रतिशत बढेको देखिएको केही समाचार संस्थाले जनाएका छ ।