Close

Recent Posts

ज्ञानेन्द्र शाहीप्रति विनिता कठायत आक्रोशित, ‘रवि–बालेन साथी हुन्’ भन्दै भोट मागेको आरोप

ज्ञानेन्द्र शाहीप्रति विनिता कठायत आक्रोशित, ‘रवि–बालेन साथी हुन्’ भन्दै भोट मागेको आरोप
  • २३ माघ २०८२, बिहीबार २१:१०

काठमाडौँ– जुम्लाकी रास्वपा उम्मेदवार विनिता कठायत राप्रपा प्रवक्ता तथा आफ्नो चुनावी प्रतिस्पर्धी ज्ञानेन्द्र शाहविरुद्ध खनिएकी छन् । शाहीले मतदातामा भ्रम फैलाएर भोट मागिरहेको उनको आरोप छ ।

mulpatra

हिजो पत्रकार सम्मेलन गर्दै कठायतले बालेन साह र रवि लामिछानेको लठ्ठी समातेर शाहीले चुनाव जित्न खोजेको बताइन् । ‘बालेन साह मेरो साथी हुन्’ भनेर शाहीले भोट मागिरहेको भन्दै उनले त्यसो नगर्न चेतावनी दिइन् ।

कठायतले भनिन्, ‘यहाँ जो महिलाले रवि लामिछाने, बालेन साह भनिरहेका छन्, उनीहरुलाई मेरो साथी हुन्, मैले नै खगेन्द्र (सुनार)लाई रास्वपा पठाएको हुँ, मै पछि माथि गएर मन्त्री बन्ने हुँ भनेर ठग्ने ? ठग्ने समय सकिइसक्यो । ठग्नु ठगिसक्नुभयो, अब बन्द गर्नुस ।’

mulpatra mulpatra mulpatra

उनले शाहीलाई आफूले झूट बोलेको स्वीकार गरेर जनतासँग माफी माग्न पनि सुझाव दिइन् ।

‘यो गलत हो । यस्तो गलत प्रचार गरेर कोही माथि पुग्दैन । जनता सचेत भइसकेका छन् । तपाईंंले जनतासँग माफी माग्नुपर्छ । यस्तो ठाउँमा यस्तो प्रचार गर्ने रु अलिकति लाजसरम हुनुपर्दैन ? पर्सि आमसभामा बालेन साह र रवि लामिछाने आएर बोलिराख्दा तपाईंले के गर्नुहुन्छ ? के जवाफ दिनुहुन्छ नागरिकलाई ? तपाईंका साथीले के जवाफ दिन्छन् ? घन्टी पनि मेरै, हलो पनि मेरै भनेर त भोट मागिदैँन होला,’ आक्रोशित बन्दै उनले भनिन् ।

कठायतले संसदमा छँदा शाहीले एउटा पनि विधयेकमा संशोधन नहालेको आरोप लगाइन् । प्रचण्ड र केपी ओलीलाई गाली गरेर मात्र जुम्लाको विकास नहुने उनो तर्क छ ।

Image Source: © https://mulpatra.com

उनले भनिन्, ‘सदनमा हुँदा एक मात्र सांसद देखेको हुँ, जसले एउटा पनि विधेयकमा संशोधन गरेन । एउटा पनि कानून बनाउन सहयोग गरेन, जुन कानूनले कर्णालीको विकासमा टेवा पुगोस । एउटा पनि विल छैन उहाँको, संसदको बुक हेर्नुस् । तपाईंले केही गर्नुभएन । माथि गएर प्रचण्डलाई, केपी ओलीलाई गाली गरेर यहाँ विकास आउँदैन । हामी कानून परिवर्तन गएका हौं । कानून परिवर्तन गर्न लाग्नुपर्छ । एउटा पनि छैन तपाईंको ।’

शाहीले रास्वपाबाटै टिकट लिएर चुनाव लड्न खोजेको तर पार्टीले नमानेको कठायतले बताइन् । आफूले पनि शाहीलाई रास्वपामा ल्याउन लबिङ गरेको दावी पनि गरिन् ।

उनी भन्छिन्, ‘जुम्ला आउनुभन्दा एक घन्टा अगाडिसम्म पनि रास्वपाबाट चिन्ह देऊ र सुर्खेतबाट लड्छु भनेर लबिङमा हुनुहुन्थ्यो । खुद मैले पनि लबिङ गरेको हो, उहाँलाई आउनुस्् रास्वपामा भनेर । तर पार्टीले त पत्याएन । त्यो त हाम्रो गल्ती होइन नि त । फेरि अहिले यहाँ आएर रवि र बालेन साहको लठ्ठी समातेर चुनाव जित्न खोज्ने ? उहाँको अब केही छैन बाँकी ?’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com