रवि लामिछानेको चितवन सेड्यूल– स्वस्तिशान्ति र गृह प्रवेश

रवि लामिछानेको चितवन सेड्यूल– स्वस्तिशान्ति र गृह प्रवेश
  • २३ माघ २०८२, बिहीबार ११:१६

काठमाडौं– रास्वपा सभापति रवि लामिछाने आज चुनावी अभियानका सिलसिलामा चितवन आउँदै छन् । चितवनमा उनले ‘गृह प्रवेश’ गर्ने कार्यक्रम पनि छ ।

mulpatra

आज चितवन १२ः३० बजेको उडानबाट रवि चितवन आउन लागेका हुन् । यसअघि ११ः१५ बजे उड्ने भनिएकोमा सवा घन्टा पछि धकेलिएको छ । गएलगत्तै रवि दुईवटा धार्मिक अनुष्ठानमा सहभागी हुनेछन् ।

रविले उम्मेदवारी दिएको निर्वाचन क्षेत्र २ नम्बर अन्तर्गत पर्ने भरतपुर महानगर वडा नम्बर ११, विशालचोकमा गृह प्रवेश कार्यक्रम रहेको रास्वपा चितवनका अध्यक्ष कृष्ण भूसालले नेपाल प्रेसलाई जानकारी दिए । भूषालका अनुसार यो घर उनले चुनावी प्रयोजनकै लागि भाडामा लिएका हुन् ।

mulpatra mulpatra mulpatra

अघिल्लो निर्वाचनमा पनि रविले घर भाडामा लिएका थिए । आज प्रवेश गर्ने भनिएको दुई तले घर पनि भाडामा लिइएको हो ।

‘भाडामा भएपनि अब यतै बसेर निर्वाचनको काम गर्ने भएपछि गृह प्रवेशको कार्यक्रम राखिएको हो,’ सभापति भूसालले भने । उनका अनुसार चितवन आएपछि बिहान सवा १२ रविका प्रतिष्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलको घर नजिकै रहेको हरिकिर्तन मन्दिरमा स्वस्तिशान्ति पूजा गर्नेछन् ।

अघिल्लो निर्वाचनमा पनि सोही मन्दिरमा पूजा गरेर प्रचार थालिएकोले यो वर्ष पनि पहिले स्वस्तिशान्ती पूजा गर्न लागिएको भूसालको भनाइ छ । त्यसपछि दिउँसो भरतपुर ११ विशालचोकमा भाडामा लिइएको घरमा गृह प्रवेशको कार्यक्रम रहेको उनले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com