एमालेभन्दा बढी जित्ने भन्दै प्रचण्ड र माधवले एमाले तालमेल नगर्ने
काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा एमालेभन्दा धेरै सीट जित्ने निश्चित भइसकेको दाबी गरेका छन् ।

पार्टीका केन्द्रीय नेताहरूको जुम बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले यसपटक एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने सम्भावना बढेको दाबी समेत गरे ।
प्रचण्डले एमालेसँग कतिपय क्षेत्रमा तालमेलको हल्ला खारेज गर्दै जनताबाट तिरस्कृत र अश्वीकृत भएका तत्वहरूसँग कहिँ कतै गठबन्धन वा तालमेल नहुने प्रष्ट पारेको एक नेताले बताए ।
![]() |
![]() |
![]() |
|---|
बैठकमा सहसंयोजक माधव नेपालले पनि एमालेसँग तालमेलको सम्भावना खरेज गरेका थिए ।



