Close

Recent Posts

आक्रमणको धम्की दिइरहेको अमेरिका इरानसँग ओमानमा वार्ता गर्न तयार

आक्रमणको धम्की दिइरहेको अमेरिका इरानसँग ओमानमा वार्ता गर्न तयार
  • २३ माघ २०८२, बिहीबार १४:०७

काठमाडौं– अमेरिका र इरानबीच प्रस्तावित वार्ताको बाटो अन्ततः खुलेको छ । ब्रिटिश पत्रिका द गार्डियन को रिपोर्टअनुसार यो महत्वपूर्ण बैठक अब शुक्रबार ओमानको राजधानी मस्कटमा हुनेछ। यसअघि बैठक टर्कीमा गर्ने योजना थियो ।

mulpatra

वार्ता भंग हुने संघारसम्म पुगे पनि अब दुवै देश फेरि संवादको टेबलमा बस्न तयार भएका हुन् ।

इरानका विदेश मन्त्री अब्बास अराघचीले पनि बैठकको पुष्टि गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘अमेरिकासँगको परमाणु वार्ता शुक्रबार बिहान करिब १० बजे मस्कटमा हुनेछ।’

mulpatra mulpatra mulpatra

बैठक आयोजना गरेकोमा उनले ओमान सरकारलाई धन्यवादसमेत दिएका छन् ।

अमेरिकी अधिकारीहरूले पनि वार्ता हुने कुरा पुष्टि गरेका छन् । यो बैठक त्यस्तो समयमा हुँदैछ, जब मध्यपूर्व क्षेत्रमा तनाव निकै बढेको छ । अमेरिकाले त्यस क्षेत्रमा आफ्नो सैन्य उपस्थिति बढाएको छ र वार्ता असफल भए कारबाही हुन सक्ने चेतावनी इरानलाई दिएको छ ।

यसअघि बुधबार वार्ता नै रद्द हुने संकेत देखिएको थियो । इरानले स्पष्ट रूपमा भनेको थियो कि उसले आफ्नो ब्यालिस्टिक मिसाइल कार्यक्रम वा क्षेत्रीय विषयहरूमा छलफल गर्ने छैन ।

Image Source: © https://mulpatra.com

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले अमेरिका वार्ताका लागि तयार भए पनि केही स्पष्ट मागहरू रहेको बताएका छन्।

उनले भने,“यदि वार्ताबाट कुनै ठोस नतिजा निकाल्नुपर्छ भने केही अनिवार्य विषयहरू समावेश हुनैपर्छ।”

उनले इरानका मिसाइलहरू, सशस्त्र समूहहरूलाई दिएको समर्थन, परमाणु कार्यक्रम र आफ्नै जनतासँगको व्यवहारलाई उल्लेख गरेका छन्।

इरानको अडानबारे सोधिएको प्रश्नमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता चिन्तित हुनुपर्ने बताएका छन्। ट्रम्पले भने,“म भन्छु, उनीहरू निकै धेरै चिन्तित हुनुपर्छ।”

यसैबीच अरब र मुस्लिम देशहरूले ह्वाइट हाउसलाई वार्ता नत्याग्न आग्रह गरेका थिए। त्यसपछि दुवै पक्ष फेरि संवादका लागि तयार भएका हुन्।

इरानले वार्तामा केवल आफ्नो परमाणु कार्यक्रम सैन्य उद्देश्यका लागि नभएको विषयमा मात्र छलफल हुने स्पष्ट पारेको छ। उसले आफ्नै देशमा युरेनियम संवर्धन ९एनरिचमेन्ट० गर्ने अधिकार कायम राख्न चाहेको छ र युरेनियम बाहिर पठाउन अस्वीकार गरेको छ।

यसबीच रुसले इरानको युरेनियम आफ्नै देशमा राख्ने प्रस्ताव अझै कायम रहेको बताएको छ। एजेन्सीबाट

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com