आज राष्ट्रिय सभाको बैठक बस्दै, सामाजिक सञ्जाल विधेयक फिर्ताको प्रस्ताव पेश हुने
काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । अपरान्ह १ः१५ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छन् ।

सामाजिक सन्जाल विधेयक आउने भएपछि जेनजी आन्दोलन उठेको थियो । आन्दोलनले सरकार परिवर्तन भएपछि सुसिला कार्की नेतृत्वको मन्त्रिपरिषदको मंगलबारको बैठकले सो विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।
![]() |
![]() |
![]() |
|---|
त्यस्तै प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।



