मलेसिया रोजगारीमा बंगलादेशी नागरिक अमिनकै अर्को कम्पनी TURAP मार्फत सिण्डिकेटको फेरी प्रयास३५ म्यानपावर पनि संलग्न, ४ लाखमा भिसा किन्नुपर्ने बाध्यतामा म्यानपावर
काठमाडौं– मलेसियाको वैदेशिक रोजगारीमा नयाँ तरिका अपनाएर बंगलादेशी नागरिक अमिनसँग जोडिएको अर्को Universal recruitment advanced platform (TURAP) कम्पनीले संगठित रूपमा सिण्डिकेट खडा गर्ने तयारी गरिरहेको छ ।

बंगली नागरिक अमिनसँग सम्बन्धित अर्को कम्पनीले सिण्डिकेट खडा गरी एजेन्ट–म्यानपावर–कम्पनी Universal recruitment advanced platform (TURAP) को मिलेमतोमा बंगलादेश र नेपाली कामदारमाथि सिण्डिकेट लगाउन लागि परेको पाइएको छ ।
गत कात्तिकमा मलेसिया सरकारले यो नयाँ व्यवस्था कार्यान्वयन गर्नका लागि तोकिएको मापदण्ड पूरा गर्ने म्यानपावर कम्पनीहरूको सूची पठाउन नेपाल सरकारलाई औपचारिक आग्रह गरेको थियो ।
![]() |
![]() |
![]() |
|---|
हाल यसैमा टेकेर नयाँ तरिकाले सिडिण्केटको अभ्यास भइरहेको मलेसियामा रहेका एक गैरआवासीय नेपाली जानकारी दिए ।
मलेसियाले नेपालबाट कामदार भर्ना र स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्न अनुमति प्राप्त निजी भर्ना एजेन्सीहरूको संख्यालाई तर्कसंगत बनाउने निर्णय गरेको छ ।
यो प्रक्रिया मलेसियाको मानव संसाधन मन्त्रालयले वस्तुनिष्ठ र योग्यतामा आधारित छनोट प्रक्रियामार्फत कार्यान्वयन गर्नेछ । यसका लागि नेपाल सरकारले तोकिएका १० अनिवार्य मापदण्ड पूरा गर्ने इजाजत प्राप्त म्यानपावर कम्पनीहरूको आग्रह गरेको थियो । हाल यसकै केही बुदाँमा टेकेर सिडिण्केटका छलफल भइहरेको छ । नेपालले कात्तिकमै यस विषयलाई अस्वीकार गदै मलेसियालाई पत्र पठाएको थियो ।
मलेसियाले नेपालबाट कामदार भर्ना र स्थानान्तरण प्रक्रियालाई सहजीकरण गर्न अनुमति प्राप्त निजी भर्ना एजेन्सीहरूको संख्यालाई तर्कसंगत बनाउने निर्णय गरेको छ ।
Image Source: © https://mulpatra.com
यो प्रक्रिया मलेसियाको मानव संसाधन मन्त्रालयले वस्तुनिष्ठ र योग्यतामा आधारित छनोट प्रक्रियामार्फत कार्यान्वयन गर्नेछ । यसका लागि नेपाल सरकारले तोकिएका १० अनिवार्य मापदण्ड पूरा गर्ने इजाजत प्राप्त म्यानपावर कम्पनीहरूको आग्रह गरेको थियो । हाल यसकै केही बुदाँमा टेकेर सिडिण्केटका छलफल भइहरेको छ ।
मलेसिया रोजगारी र स्वास्थ्य क्षेत्रमा काम गर्ने केही सिमित संस्थाले विदेशी नागरिकको सहयोगमा त्यहाँ जाने विदेशी कामदारमाथि आर्थिक भार पर्ने गरी बंगलादेशमा मात्र सिण्डिकेट लागाउन अमिन भन्ने बंगाली नागरिकको विस्टीनेटमार्फत भइरहेको छ ।
उनले विगतमा नेपालमा नीतिगत रुपमै मलेसिया जाने कामदारका हकमा सिण्डिकेट लगाउन अभ्यास गरेको थिए । तर मलेसिया वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका म्यानपावर कम्पनीले विरोधपछि सिण्डिकेट रोकिएको थियो ।
हाल उनैसँग बंगलादेशी नागरिक अमिनसँग जोडिएका ३५ वटा म्यानपावरपनि नीतिगत सिण्डिकेटका लागि लागि परेको मलेसिया गैरआवासीय संघका एक नेपालीले जानकारी दिए । उनीपनि मलेसियामा बसेर भिसा कारोवार गर्दै आएका छन् । उनले हाल नेपालमा ७० भन्दा बढी म्यानपावरलाई भिसा बिक्री गदै आएका छन् ।
हाल उनै अमिनले विस्टीनेटकै अर्को कम्पनी खडा गरेर नेपालबाट जाने कामदारमाथि सिमित म्यानपावरमार्फत कामदार लिने गरी सिण्डिकेटको प्रयास गरिरहेको मलेसियाका एक जना भिसासम्बन्धी काम गदै आएका गैरआवासीय नेपालीले जानकारी दिए ।
उनका अनुसार मलेसिया रोजगारीलाई नयाँ मोड दिने बहानामा अमिनकै अर्को कम्पनीले सिण्डिकेट खडा गर्दै नेपाली श्रमिकलाई पुनः ठगीको चक्रमा फसाएको उनको आरोप छ । यसका लागि अमिनले मलेसियाको मानव सशाधन मन्त्रालय, अध्यागमन र गृहमन्त्रालयमा सेटिङ मिलाएको उनले जानकारी दिए । उनैपनि कुनै बेला अमिनसँग काम गरेको बताउँछन् ।

बंगाली नागरिक अमिनसँग सम्बन्धित अर्को कम्पनीले संगठित रूपमा सिण्डिकेट लगाउन ठुलो रकम खर्चिएको समेत उनको दाबी छ ।
मलेसिया रोजगारीमा जाने कामदारमाथि अनावश्यक आर्थिक भार थपेको भन्दै २०७५ मा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले ३६ मेडिकल संस्था खारेजी गर्ने निर्णय गरेका थिए ।
त्यतिबेला विष्टले मलेसिया जाने कामदारमारमाथि अनावश्यक सिन्डिकेट लगाएर आर्थिक शोषण गरेको आरोपमा महासंघका अध्यक्ष कैलाश खड्कासहित ३६ मेडिकल व्यवसायीलाई कारबाहीको सिफारिससमेत गरेका थिए । केही व्यवसायी पक्राउ परे भने खड्का राजनीतिक शक्तिको आडमा भागेर जोगिए ।
२०७२ सालमा बंगलादेशी नागरिक अमिन र नेपाली एजेन्ट कैलाश खड्का मिलेर नेपालमा स्वास्थ्यको सिण्डिकेट भित्र्याएका थिए । अहिले यीनै अमिनको सहयोग लिएर खड्काले मलेसिया रोजगारीमा जाने कामदारका हकमा सिमित म्यानपावरले मात्र पठाउने गरी सिण्डिकेट खडा गर्ने प्रयास समेत गरेका थिए ।
सरकारले कुनै पनि रोजगारदाता देशमा सिमित म्यानपावर अथवा संस्थाले मात्र कामदार पठाउने गरी सिण्डिकेट लाग्न नदिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सचिव दिपक काफ्लेले जानकारी दिए । उनका अनुसार विगतदेखि नै बजारमा सिण्डिकेटको हल्ला चलाइएको छ । तर वैदेशिक रोजगार ऐन र श्रम सम्झौता विपरित कुनैपनि देशमा सिण्डिकेट नहुने उनले प्रष्ट पारे ।
भिसा बिचौलियाका कारण जी–टु–जी मोडलको छलफल
मलेसिया सरकारले विदेशी कामदार भर्ती प्रक्रियामा सक्रिय बिचौलिया वा एजेन्ट हटाउने उद्देश्य अघि बढाएको छ । रोजगारदाताले सिधै वैदेशिक रोजगारीमा कामदार भर्ना गर्न सक्ने नयाँ प्रणालीको तयारी भइरहेको मलेसियाली मानव संसाधन मन्त्रालयले जनाएको छ ।
प्रस्तावित प्रणाली सरकार–देखि–सरकार (जी–टु–जी) मोडलमा आधारित हुने र कुनै पनि तेस्रो पक्षको संलग्नता नहुने जनाइएको छ । साथै माई डिजिटल आईडीले कामदार पहिचान, तलब भुक्तानी तथा प्रशासनिक कार्यमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
हाल केही कामदारले मलेसिया आउनुअघि नै आफ्नो देशमा अवस्थित म्यानपावर र एजेन्टलाई युएस डलर ५,००० (करिब आरएम १९,६३०) देखि युएस डलर ८,००० (करिब आरएम ३१,४०८) सम्म तिर्ने गरेको रिपोर्ट त्यहाँका विभिन्न सरकारी एजेन्सीमा दिएका छन् ।
जसका आधारमा मलेसिया सरकारले रोजगारदाताले सिधै वैदेशिक रोजगारीमा कामदार भर्ना गर्न सक्ने नयाँ प्रणालीको तयारी गरेको पाइएको छ ।
प्रकाशित रिपोर्टअनुसार बंगलादेशबाट कामदार ल्याउँदा आरएम १६,००० देखि आरएम २५,००० सम्म खर्च लाग्ने गरेको छ भने, नेपाली कामदारहरूलाई सुरक्षा गार्डको कामका लागि आरएम १०,००० (नेपाली रु. ३ लाख भन्दा बढी) रकम तिर्न बाध्य पारिने गरेको छ ।
यसरी भिसा किनेर ल्याएका म्यानपावर कम्पनीले कामदार पठाउँदा ५–६ लाख लागत खर्च लिने गरेका छन् । जसका कारण कामदारले आफु जाँदा लागेको लागत खर्च उठाउन १ वर्ष लाग्ने गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



