नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई पक्राउ
काठमाडौ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई वीरगन्ज जाँदै गर्दा दक्षिणकालि, चाल्नाखेलबाट प्रहरीले पक्राउ गरेको छ । अभियानले भोली शनिवार वीरगञ्जमा जुलुस निकाल्ने तयारी गरिरहेको थियो ।

निर्वाचन आयोगको निर्देशनबमोजिम उनलाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।संयोजक प्रसाईले मधेशले वारपारको आन्दोलन गर्ने बेला भएको भन्दै एक भिडियो सन्देश जारी गरेका थिए । सन्देशमा जुलुसमा सहभागी हुन समर्थकहरुलाई अपिल गरेका छन् ।
मधेशले वारपार गर्ने बेला आएको छ भन्दै उनले ‘बारा,पर्सा, सिमरा,कलैयासहित तराईका सम्पूर्ण आमाबुबा,दाजुभाइ तथा दिदिबहिनीहरुलाई वीरगञ्ज आउन हार्दिक अनुरोध गरेका छन् ।
![]() |
![]() |
![]() |
|---|
हिन्दु अधिराज्य,संविधान पुनर्लेखन, प्रदेश खारेजीलगायतका माग राख्दै आएको प्रसाईको समूहले गत सोमबार पनि चितवनको सौरहादेखि चौबिसकोठीसम्म र्याली निकालेको थियो ।



