झापा –२ मा सभामुख–उपसभामुख, २ पुर्वमन्त्री र २ वरिष्ठ अधिवक्ताको रोचक भिड्न्त

झापा –२ मा सभामुख–उपसभामुख, २ पुर्वमन्त्री र २ वरिष्ठ अधिवक्ताको रोचक भिड्न्त
  • २६ माघ २०८२, आईतवार १९:५७

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले झापा क्षेत्र–२ लाई राष्ट्रिय राजनीतिको चासोको केन्द्र बनेको छ ।

mulpatra

अघिल्लो निर्वाचनमा एउटै निर्वाचन क्षेत्रबाट सभामुख सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगर बनेपछि राष्ट्रिय राजनीतिमा यो पटक पनि यो क्षेत्र चर्चा विषय बनेको हो । यस निर्वाचन क्षेत्रमा यसपटक १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेत्री एवं पूर्वउपसभामुख इन्दिरा रानामगर प्रत्यक्ष निर्वाचनमार्फत संसद् प्रवेश गर्ने लक्ष्यसहित चुनावी मैदानमा छन् । अघिल्लो निर्वाचनमा उनी रास्वपाको समानुपातिकबाट संसद् प्रवेश गर्दै उपसभामुख बनेकी थिइन् ।

mulpatra mulpatra mulpatra

यसपटक पनि प्रमुख दलका नेता तथा पूर्वपदाधिकारी उम्मेदवार रहेकाले निर्वाचनलाई महत्वपूर्ण मानिएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे २०७९ को निर्वाचनमा २८ हजार ७१६ मत ल्याएर विजयी भएका थिए। एमालेको संगठनात्मक शक्ति बलियो रहेको यो क्षेत्रमा उनी प्रमुख प्रतिस्पर्धीका रूपमा रहेका छन् ।

सामाजिक अभियानबाट राजनीतिमा प्रवेश गरेकी रानामगरको उम्मेदवारीलाई वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्वका रूपमा हेरिएको छ। अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा दोस्रो स्थान हासिल गर्नुभएका भद्रप्रसाद नेपाल (स्वागत) यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवार बनेका छन्। उनले २०७९ मा सम्पन्न निर्वाचनमा २६ हजार ४५५ मत प्राप्त गरेका थिए।

नेपाली कांग्रेसकी नेत्री एवं पूर्वमन्त्री सरिता प्रसाईं र नेपाली कम्युनिष्ट पार्टीकी नेत्री एवं पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा छन् । अघिल्लो निर्वाचनमा रहेको दलगत गठबन्धन यसपटक नरहेकाले मत विभाजनको सम्भावना देखिएको छ ।

Image Source: © https://mulpatra.com

बिर्तामोड र अर्जुनधारा नगरपालिका, कनकाइ नगरपालिकाका दुई वडा तथा बुद्धशान्ति गाउँपालिकाका चार वडा समेटिएको झापा–२ मा कूल एक लाख ४७ हजार ५२२ मतदाता छन्। तीमध्ये १३ हजार ४३१ जना नयाँ मतदाता हुन् ।

भद्रप्रसाद नेपाल ‘निकट हार’ बाट पुनरागमनको प्रयासः अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर २६ हजार ४५५ मत ल्याउँदै दोस्रो स्थानमा रहेका भद्रप्रसाद नेपाल यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवार बनेका छन्।

२०७९ मा विजयी उम्मेदवार घिमिरेसँग उनको मत अन्तर मात्र २ हजार २६१ थियो। त्यस परिणामले झापा–२ मा वैकल्पिक राजनीतिक धार बलियो रहेको संकेत दिएको थियो। यसपटक पार्टीको संगठन र स्पष्ट एजेन्डासहित मैदानमा उत्रिएका नेपालले अघिल्लो ‘निकट हार’ लाई जितमा बदल्न सक्ने हुन् कि भन्ने चासो बढेको छ। यद्यपि रास्वपाको उदयसँगै वैकल्पिक मत विभाजन हुने जोखिम पनि कायमै छ।

कांग्रेसको अस्तित्व जोगाउने प्रयासः नेपाली कांग्रेसकी उम्मेदवार सरिता प्रसाईं र माओवादी धारकी उम्मेदवार तथा पूर्वमन्त्री धर्मशीला चापागाईं पनि प्रतिस्पर्धामा छन्।

तुलनात्मक रूपमा कमजोर क्षेत्र मानिने झापा–२ मा प्रसाईं अनुभवी नेतृका रूपमा चिनिन्छिन्। अघिल्लो निर्वाचनमा गठबन्धनका कारण कांग्रेसले यो क्षेत्र माओवादीलाई छाडेको थियो, जहाँ उम्मेदवार बनेका हरिकुमार राना मगरले १३ हजार ९३० मत प्राप्त गरेका थिए। गठबन्धन भंग भएपछि कांग्रेस र माओवादी धारका मत विभाजन हुने अवस्था देखिन्छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार अकलबहादुर तामाङ, अमृता लावती, अर्जुनकुमार पाण्डे, इन्दिरा राना मगर, केशवकुमार भण्डारी, चन्द्रकुमारी गारु, चुडाकर्ण बेघा, तिलबहादुर राई, देवराज घिमिरे, धर्माशिला चापागाईं, पुण्यप्रसाद आचार्य, भद्रप्रसाद नेपाल, मानबहादुर पुलामीमगर, डा युवराज सङ्ग्रौला, रमेशकुमार कार्की, रमेशकुमार राजवंशी, श्रीप्रसाद सिटौला र सरिता प्रसाईंसहित १८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com