इंग्ल्यान्डविरुद्ध नेपाल पहिले फिल्डिङमा

इंग्ल्यान्डविरुद्ध नेपाल पहिले फिल्डिङमा
  • २६ माघ २०८२, आईतवार १४:५९

काठमाडौं– तेस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाएको नेपालले आफ्नो पहिलो खेलमा दुई पटकको च्याम्पियन इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

mulpatra

मुम्बईस्थित वानखेडे मैदानमा केहीबेरमै सुरु हुने खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । इंग्ल्यान्डका कप्तान ह्यारी ब्रुकले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।टी २० विश्वकपको आफ्नो पहिलो म्याचमा नेपालले ईंग्ल्यान्डविरुद्ध पहिलो बलिङ गर्ने भएको छ ।

ईंग्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको हो । नेपालको प्लेइङ ११ मा अनुभवी बलर सोमपाल कामीले स्थान बनाउन सकेनन् ।

mulpatra mulpatra mulpatra

नेपालले फास्ट बलिङमा करण केसी र नन्दन यादवलाई रोजेको छ । यस्तै स्पिन बलिङमा शेर मल्लले डेब्यू गर्दै छन् । टिममा लोकेश बमले पनि स्थान बनाएका छन् ।

प्लेइङ–११

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकश बम, गुल्सन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने ।

Image Source: © https://mulpatra.com

यस्तो छ नेपालको सुरुवाती–११

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com