कार्यविधि– सिण्डिकेट खारेज गर्न तातिए श्रममन्त्री, कतार भिसा सेन्टर र मलेसियाको स्वास्थ्य मेडिकल जोगाउनतिर संघका अध्यक्ष गुरुङ

मलेसियाबाट महँगो मूल्यमा गुरुङले नै भिसा किन्छन्

कार्यविधि– सिण्डिकेट खारेज गर्न तातिए श्रममन्त्री, कतार भिसा सेन्टर र मलेसियाको स्वास्थ्य मेडिकल जोगाउनतिर संघका अध्यक्ष गुरुङमलेसियाबाट महँगो मूल्यमा गुरुङले नै भिसा किन्छन्
  • २६ माघ २०८२, आईतवार १९:५९

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारी क्षेत्रमा नीतिगत रुपमै काम गर्न असहज भइरहेका सबै कार्यविधि खारेजीको प्रक्रिया अघि बढाएका छन् ।

mulpatra

उनले आफ्नो कार्यकालमै वैदेशिक रोजगारीमा जाने कामदारका हकमा लागू भएका सबै ‘सिन्डिकेट’ हटाउन आवश्यक रहेको बताउँदै यस्ता कार्यविधि खारेज गर्ने निर्णयमा पुगेको मूलपत्रसँग बताएका छन् ।

वैदेशिक रोजगारीमा जाने कामदारका लागि बनाइएका ‘फ्री भिसा टिकट’, अभिमुखीकरण, तालिमलगायतका कार्यविधि एक महिनाभित्रमा खारेज गर्ने उनले बताए । श्रम स्वीकृतमार्फत विदेश पठाउने, निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने र अभिमुखीकरण तालिम पनि सञ्चालन गर्ने व्यवस्था ल्याइने छ । कार्यविधिका नाममा श्रमिकलाई ‘ट्र्याप’मा पारेर दुःख दिने काम भइरहेको देखियो । केही सातामै वैदेशिक रोजगारसम्बन्धी स्वास्थ्य परीक्षणमा तोकिएको अधिक शुल्क खारेज गरिएको छ । अब अरुपनि प्रक्रियामा जान्छ ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगारीमा नीति, नियम देखाएर श्रमिकमाथि दुःख दिने काम भइरहेको छ । यही कार्यकालभित्र सबै सिन्डिकेट तोडिएर मात्र आफु बाहिरिने उनको दाबी छ ।

खाडीका देश र मलेसिया वैदेशिक रोजगारीमा जाने कामदारका हकमा सरकारले २०७२ सालमा कार्यान्वयन गरेको फ्री भिसा, फ्री टिकट नीतिको पुनरावलोकन गर्न गृहकार्य थालेको छ । यो नीति कार्यान्वयनमा आउँदा म्यानपावर व्यवसायीहरूले कार्यालय सञ्चालन खर्चसमेत धान्न मुस्किल भएको भन्दै लामो समयदेखि पुनरावलोकनको माग गर्दै आएका छन् ।

श्रम मन्त्रालयले उक्त नीतिको सकारात्मक र नकारात्मक पक्षहरूको अध्ययन थालेको छ भने व्यवसायीहरूले फ्री भिसा, फ्री टिकट नीति अभिशापको संज्ञा दिँदै तत्काल परिवर्तन आवश्यक रहेको श्रम मन्त्रीको भनाइ छ ।

Image Source: © https://mulpatra.com

यता वैदेशिक रोजगारीमा जाने कामदारलाई विभिन्न वाहानामा ठगि खाने भाँडो बनाइरहेका कतार भिसा सेन्टर, मलेसियाको स्वास्थ्य परिक्षणमा सिण्डिकेट खडा गरेर खाइरहेका कैलाश खड्का र गाम्का मेडिकल पनि खारेजी गर्नुपर्ने दबाबमा श्रम मन्त्री भण्डारी छन् ।

तर उनलाई वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले नै कतार भिसा सेन्टर र मलेसियाको स्वास्थ्य परिक्षणका गरिरहेका कैलाश खड्का स्वास्थ्य संस्था नचलाउन श्रम मन्त्री भण्डारीलाई आग्रह गरिरहेको श्रम मन्त्रालय स्रोतले जनाएको छ ।

श्रम भण्डारीले वैदेशिक रोजगारी क्षेत्रमा नीतिगत रुपमै काम गर्न असहज भइरहेका सबै कार्यविधि र सिण्डिकेट खारेज गर्दा कतार भिसा सेन्टर, मलेसियाको स्वास्थ्य परिक्षणमा सिण्डिकेट खडा गरेर खाइरहेका कैलाश खड्का र गाम्का मेडिकल पर्ने देखिन्छ । तर गाम्काका बारेमा केही नभनेका गुरुङले कतार भिसा सेन्टर र कैलाश खड्काको मेडिकल जोगाउन भने श्रम मन्त्रीसँग लविङ गरिरहेको श्रम मन्त्रालयकै उच्च अधिकारीले जानकारी दिए ।

खड्काले २०७२ सालदेखि मलेसिया जाने कामदारका हकमा एक्लौटी स्वास्थ्य परिक्षणका नाममा सिण्डिकेट खडा गरि काम गर्दै आएका छन् । भने कतार भिसा सेन्टरले २०७५ सालदेखि कतार जाने कामदारको स्वास्थ्य लगायत अन्य प्रक्रियामा काम गदै आएको छ । यसलाई पनि कतार जाने कामदारका हकमा सिण्डिकेट नै भनेर व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

गाम्काले पनि साउदी जाने कामदारका हकमा स्वास्थ्य परिक्षण गर्दै आएको छ । यसलाई पनि व्यवसायीले सिण्डकेट नै भनेर आरोप लगाइरहेका छन् ।

हाल वैदेशिक रोजगारीमा जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकटपछि यस क्षेत्रमा देखिएका सिण्डिकेट व्यत्तिगत भिसा, कतार भिसा सेन्टर, मलेसियाको स्वास्थ्य परिक्षणमा सिण्डिकेट खडा गरेर खाइरहेका कैलाश खड्का र गाम्का मेडिकल छन् । यी सबै सिण्डिकेट खारेज गर्ने पक्षमा श्रम मन्त्री भण्डारी उभिएपछि संघका अध्यक्ष नै कतार भिसा सेन्टर र खड्काको मेडिकल जोगाउन लागि परेका छन् ।

संघका अध्यक्ष भुवन गुरुङनै मलेसियाबाट सबैभन्दा बढी मुल्यमा भिसा किनेर ल्याइ कामदार पठाउने गरेको मौखिक उजुरी वैदेशिक रोजगार विभागमा परेको छ । विगतमा उनलाई विभागले सचेत समेत गराएको थियो ।

हाल मलेसियामा रहेको ३ जना एजेन्टमार्फत गुरुङले भिसा किनेर ल्याउने काम गरिरहेका छन् । यस विषममा मूलपत्र डटकमले विगतमा पनि रिपोटिङ गरेको थियो । विभागले आन्तरिक रुपमा यस विषयमा छानबिन गरिरहेको जनाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com