Close

Recent Posts

कुवेत दूतावासले प्रहरी रिपोर्ट प्रमाणिकरण नगर्दा चाइनीज गेजुवा कम्पनीमा कार्यरत १६० कामदार अवैध हुँदै

सुजनीले प्रहरी रिपोर्टमा कमिशनका लागि अड्को थापिन

कुवेत दूतावासले प्रहरी रिपोर्ट प्रमाणिकरण नगर्दा चाइनीज गेजुवा कम्पनीमा कार्यरत १६० कामदार अवैध हुँदैसुजनीले प्रहरी रिपोर्टमा कमिशनका लागि अड्को थापिन
  • २७ माघ २०८२, सोमबार १३:३२

काठमाडौं–कुवेतस्थित नेपाली दूतावासले चाइनीज गेजुवा कम्पनीको कन्ट्रक्सनमा पुगेका १ सय ६० जना नेपाली कामदार प्रहरी रिपोर्ट प्रमाणिकरण रोकेको छ ।

mulpatra

दूतावासले मागपत्र प्रमाणिकरण गरेपनि अन्तिममा कुवेतस्थित चाइनीज गेजुवा कम्पनीमा पुगेका कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण नगर्दा उनीहरु अवैध भइ स्वदेश फर्किनुपर्ने अवस्थामा पुगेको कामदारकै गुनासो छ ।

कुवेतस्थित नेपाली दूतावासकी कन्सुलर सुजनी रानाले मागपत्र प्रमाणिकरण गर्दा केही नभनेपनि चाइनीज गेजुवा कम्पनीको कन्ट्रक्सनमा ४ महिनाअघि पुगेका कामदारको प्रहरी रिपोर्ट प्रमाणिकरण नगरेपनि उनीहरु अवैध हुने अवस्था सिर्जना भएको हो ।

mulpatra mulpatra mulpatra

मागपत्र प्रमाणिकरण गर्दा भने केही समस्या नदेखेको दूतावासले अहिले आएर कामदार रोजगारीमा पुगेपछि समस्या देखाएर उनीहरु अवैध बनाउन खोजीरहेको कुवेतबाट एक जना नेपाली कामदारले जानकारी दिए ।

उनका अनुसार चाइनीज गेजुवा कम्पनीको कन्ट्रक्सनमा रोजगारीमा आएको ४ महिना भयो । यस कम्पनीमा केही इष्यु भएको भए त पहिला नै मागपत्र प्रमाणिकरण रोक्नुपर्ने थियो । हामी आएपछि कुवेतस्थित नेपाली दूतावासकी कन्सुलर सुजनी रानाले प्रहरी रिपोर्ट प्रमारिकरण रोकेपछि १ सय ६० जना कामदार अवैध हुने अवस्थामा पुगेको उनले बताए । ‘आफनै देशको दूतावासका कारण हामी अवैध हुने सम्भावना भयो । यो गुनासो हामीलाई दूतावासमा पठाउँदा कुवेतस्थित नेपाली दूतावासकी कर्मचारी कन्सुलर सुजनी रानाले मैले ल्याएको हो र भन्दै हप्काउनु हुन्छ । ४ महिना भयो प्रहरी रिपोर्ट प्रमाणिकरण भएको छैन ।’ उनले भने ।

उनका अनुसार कुवेतस्थित नेपाली दूतावासकी कर्मचारी कन्सुलर सुजनी रानाले कुवेतस्थित चाइना गेजुवा कम्पनीसँग कमिशनका लागि हाम्रो प्रहरी रिपोर्टमा प्रमाणिकरण नगरेको उनको आरोप छ ।

Image Source: © https://mulpatra.com

दूतावासका कर्मचारीदेखि राजदूतले समेत मागपत्र प्रमाणिकरण र कम्पनीका केही समस्या आए कमिशनका लागि काम रोक्ने गरेको म्यानपावर व्यवसायी र कामदारले नै गुनासो गदै आएका छन् ।

कुवेतस्थित चाइना गेजुवा कम्पनीको कन्ट्रक्सनमा गएका १ सय ६० जनाभन्दा बढी कामदार प्रहरी रिपोर्ट दूतावासले प्रमाणिकरण नगर्दा समस्यामा परेको विषयमा कुवेतस्थित नेपाली दूतावासका राजदूत घनश्याम लम्सालले केही समस्या नभएको मात्र जानकारी दिए ।

कुवेतस्थित चाइना गेजुवा कम्पनीमा केही समस्या भए किन मागपत्र प्रमाणिकरण गरेको भन्ने प्रश्नमा उनले केही जवाफ दिएनन् ।

दूतावासका कर्मचारीले कमिशन पाएजस्तो पनि काम गर्छन् । पछि समस्या आएपछि फेरी रोजगारदाता कम्पनीसँग कमिशन लिन अर्को अड्को थापेर समस्या सिर्जना गदै आएका छन् । यस विषयमा हामीले परराष्ट्र मन्त्री बालानन्द शर्मालाई सोध्दा उनले कुवेतस्थित दूतावासका राजदूतसँग बुझेर मात्र जवाफ दिने जानकारी दिए ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com