Close

Recent Posts

वैदेशिक रोजगारीको नाममा ४० लाख ठगी, काठमाडौँबाट ४ महिलासहित ५ जना पक्राउ

वैदेशिक रोजगारीको नाममा ४० लाख ठगी, काठमाडौँबाट ४ महिलासहित ५ जना पक्राउ
  • २७ माघ २०८२, सोमबार १९:५४

काठमाडौं– वैदेशिक रोजगारीको बहानामा मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ ।

mulpatra

उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै युवाहरूबाट रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने काठमाडौँको कीर्तिपुर नगरपालिका–२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौँ चन्द्रागिरी नगरपालिका–१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका–२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौँ महानगरपालिका–२६ बस्ने धनकुटाको धनकुटा नगरपालिका–२ घर भएका ३१ वर्षीय सन्तोष राई र काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–११ बस्ने काभ्रेको चौँरीदेउरीली नगरपालिका–९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।

mulpatra mulpatra mulpatra

पक्राउ परेकामध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिएको आरोप छ ।

रकम लिएपछि सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौँ महानगरपालिका–११ बाट तथा कुमारीलाई काठमाडौँ महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

त्यसैगरि कोपिलालाई काठमाडौँको चन्द्रागिरी नगरपालिका–१४ बाट र सन्तोषलाई काठमाडौँ महानगरपालिका–२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Image Source: © https://mulpatra.com

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ । उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com