३० प्रतिशत रकम तिरे जति पनि सेयर किन्न पाइने प्रावधानले पुँजीबजार मा कस्तो असर होला ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३० प्रतिशत प्रारम्भिक मार्जिन तिरेर सेयर किन्न पाइने व्यवस्था लागू गरेको छ । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०८२ स्वीकृत गर्दै यस्तो व्यवस्था लागु गरेको छ । छ। यो निर्देशिका आगामी फागुन १ गतेदेखि लागू हुने भएको छ।

यसले धितोपत्र दलाल व्यवसायी मार्फत लगानीकर्तालाई ३० प्रतिशतको मार्जिन कारोबार सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । मार्जिन कारोबार अन्तर्गत लगानीकर्ताले सेयर किन्नुअघि कुल लगानी रकमको कम्तीमा ३० प्रतिशत प्रारम्भिक मार्जिनका रूपमा ब्रोकरकहाँ जम्मा गर्नुपर्नेछ।
कारोबार अवधिभर बजारको उतारचढावलाई ध्यानमा राख्दै लगानीकर्ताले न्यूनतम २० प्रतिशत मार्जिन कायम राख्नुपर्ने व्यवस्था गरिएको छ। सेयरको मूल्य घटेर यो सीमाभन्दा तल पुगेमा ब्रोकरले ुमार्जिन कलु गर्नेछ।
![]() |
![]() |
![]() |
|---|
कम्पनीहरुको लागि नयाँ मापदण्ड अनुसार अब मार्जिन सुविधाका लागि योग्य हुन कम्पनीको कम्तीमा २५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत हुनुपर्नेछ । प्रतिसेयर नेटवर्थ चुक्ता पुँजीभन्दा बढी वा बराबर हुनुपर्ने, पछिल्लो तीन वर्षमध्ये कम्तीमा दुई वर्ष खुद नाफा कमाएको हुनुपर्ने तथा आइपिओ सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ।
लामो समयदेखि कर्जा लिएर औपचारिक रूपमा सेयर कारोबार गर्न नपाएका लगानीकर्ताका लागि यो व्यवस्था ले बजारमा छिर्न प्रोत्साहित गर्ने छ । यसले विशेषगरी ठूला र वित्तीय रूपमा बलिया कम्पनीका सेयरमा माग बढ्ने संकेत देखिन सक्छ।



