Close

Recent Posts

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

कोडेवर ७.० नेशनल प्रतिस्पर्धाको “गल्र्स इन टेक अवार्ड” काठमाडौं न्यू क्यासल स्कुललाई

कोडेवर ७.० नेशनल प्रतिस्पर्धाको “गल्र्स इन टेक अवार्ड” काठमाडौं न्यू क्यासल स्कुललाई
  • २९ माघ २०८२, बुधबार ११:१७

काठमाडौं– विश्वव्यापी प्रतिस्पर्धात्मक मंच कोडेवर ७.० नेशनल प्रतिस्पधामा नेपाली विद्यार्थीहरूको प्रतिभा देखाउदै काठमाडौं न्यू क्यासलका छात्राहरुले “गल्र्स इन टेक अवार्ड”को उपाधी हात पारेका छन ।

mulpatra

अब इन्डोेसियाको जकार्तामा सम्पन्न अन्तर्राष्ट्रिय कोडिङ्, एआई र रोबोटिक्स प्रतिस्पर्धाको फाईनल कोडेवर ७.० मा काठमाडौं, बसुन्धरा स्थित न्यू क्यासल स्कुलका छात्राहरूले नेपालको प्रतिनिधित्व गर्दै सहभागीता जनाउने छन् ।

विजेता टोलीका छात्राहरूः
· रितिका पौडेल
· तृप्ति घिताल
· नितु सरदार

विद्यार्थीहरुले बनाएका Autated Vertical Garden एक आइओटी–आधारित स्मार्ट बगैँचा समाधान हो जुन स्थायी सहरी खेती र बिरुवा हेरचाहलाई प्रवर्धन गर्न डिजाइन गरिएको छ। यसले सहरी क्षेत्रमा हरियाली राख्न गाह्रो हुने, सीमित ठाउँ, अनियमित सिँचाइ र सूर्यप्रकाशको समस्या जस्ता चुनौतीहरू समाधान गर्दछ।

mulpatra mulpatra mulpatra

यो प्रणाली एउटा भ्क्ए ३२ ःष्अचयअयलतचयििभच आधारित छ। माटोको आद्र्रता र पानीको तह नाप्ने संवेदकहरूले बिरुवाको अवस्था निरन्तर मोनिटर गर्छन् र आवश्यकता अनुसार स्वचालित रूपमा पानी सिँचाइ हुन्छ । यसैगरी, प्रकाश संवेदक (एलडीआर) र वर्षा संवेदकले पानीको बचत गर्दै बिरुवालाई उपयुक्त वातावरण प्रदान गर्छ ।
यसको मुख्य विशेषताहरूः

· माटोको आद्र्रता आधारित स्वचालित सिँचाइ
· स्मार्ट पानी व्यवस्थापन
· सूर्यप्रकाश मोनिटरिंग
· वर्षा पत्ता लगाएर अनावश्यक सिँचाइ रोक्ने
· ठाउँ बचत गर्ने ठाडो डिजाइन

यो परियोजनाले नवीनता, उद्यमशीलता र वातावरणीय जिम्मेवारीको सुन्दर समन्वय प्रस्तुत गरेको छ। घर, विद्यालय र अपार्टमेन्टमा सजिलै लागू गर्न सकिने यो प्रणालीले स्थायी कृषि र स्मार्ट जीवनशैलीलाई प्रवर्धन गर्दछ।

Image Source: © https://mulpatra.com

यस सफलताको क्रममा, यही विजेता विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै कोडेवर ७.० को अन्तर्राष्ट्रिय फाइनल मा सहभागी हुनेछन् । अन्तर्राष्ट्रिय फाइनल २०२६ मे १६–१७ मा जकार्ता, इन्डोनेसिया मा आयोजना हुनेछ।

कोडेवर ७.० – ट्र्याक १ (नवीनता र उद्यमशीलता) को उद्देश्यः

यस ट्रर्याकले विद्यार्थीहरूलाई वास्तविक जीवनका समस्याहरू पहिचान गरी सामाजिक, वातावरणीय र आर्थिक प्रभाव पार्ने प्रविधि–स्वचालित समाधान खोज्न प्रोत्साहित गर्दछ। आइओटी, स्वचालन र स्मार्ट प्रणाली जस्ता प्रविधिहरूको प्रयोगबाट उद्यमशील सोच विकास गराउनु यसको मुख्य ध्येय हो।

यस उपलब्धिले प्रविधि क्षेत्रमा नेपाली युवतीहरूको बढ्दो सक्रियता र सिपलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएको छ र अरू विद्यार्थीहरूलाई पनि नवीन आविष्कारको लागि प्रेरणा दिने अपेक्षा गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com