सांसदलाई रातो पासपोर्ट दिनेबारे छलफल सुरु
काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूलाई कूटनीतिक राहदानी (रातो पासपोर्ट) उपलब्ध गराउने प्रक्रियामा देखिएका कानुनी र व्यावहारिक जटिलता हटाउन राजनीतिक दलहरूबीच छलफल सुरु भएको छ ।

संसद सचिवालयस्थित काठघर (कानुन समितिको हल)मा छलफल सुरु भएको हो । छलफलमा सभामुख डोलप्रसाद अर्यालसहित प्रतिनिधिसभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् ।
कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल भइरहेको हो ।
![]() |
![]() |
![]() |
|---|



