महावीर पुनलाई ‘बेकुफ मन्त्री’ भनेपछि झाँक्री फेरि विवादमा परिन, सामाजिक सञ्जालमा आलोचना

महावीर पुनलाई ‘बेकुफ मन्त्री’ भनेपछि झाँक्री फेरि विवादमा परिन, सामाजिक सञ्जालमा आलोचना
  • २९ माघ २०८२, बुधबार १२:०६

काठमाडौं– नेकपा (एमाले)की नेतृ रामकुमारी झाँक्री फेरि विवादमा परेकी छन् । चुनावको विषयमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनबारे दिएको अभिव्यक्तिलाई लिएर झाँक्री फेरि विवादमा परेकी हुन् ।

mulpatra

उनले महावीरलाई ‘बेकुफ मन्त्री’को उपमा दिएकी छन् । उनले भनेकी छन्, ‘एउटा बेकुफ मन्त्री त्यही भन्दै अहिले भागेर हिँडेको छ, चुनाव गराउन हिँडेको ।

गरिखान धौ भएर मागिखान हिँड्ने मान्छेहरूको तरिका हो यो । गरिखान गाह्रो भएपछि मागिखान धेरै गाह्रो छ । नेपालमा भयङ्कर समाजसेवीहरू आए, कसैले घर बनाइदिए, उद्योग बनाइदिए, रंगशाला बनाइदिए । जहाँ कला र गला बिक्न छोड्छ अनि मागिखान हिँड्ने हो ।’

mulpatra mulpatra mulpatra

उनको यो अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा चौतर्फी आलोचना भइरहेको छ । धेरैले उनको बोल्ने शैलीमाथि प्रश्न उठाएका छन् ।

त्यस्तै, महावीर पुनले आफैँले पनि यो अभिव्यक्तिको भिडियो शेयर गरेर प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘एमालेमा यस्तै–यस्तै कुबुद्धि भएका हावा नेताहरू निस्के भने एमाले सिद्धिएर जान्छ ।

आफूले नै गरिखान नसकेपछि हावा गफ गर्ने, अरुलाई गालीगलौज गर्ने र आफूभन्दा जान्ने कोही छैन भन्ने एमालेका साथीहरूलाई मेरो सुझाव– तपाईंहरूभन्दा सत्बुद्धि भएका अरु मान्छेहरू पनि नेपालमा छन् ।

Image Source: © https://mulpatra.com

आफूहरू मात्र राम्रो र अरु सबै नराम्रो भनेर नसोच्नु होला । तपाईंहरूलाई जनताले चिनिसकेका छन् । एमालेका नेताहरूलाई भगवानले सत्बुद्धि दिउन ।’

नेकपा एकीकृत समाजवादी पार्टीबाट एमाले प्रवेश गरेकी झाँक्री राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com