Close

Recent Posts

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

स्वास्थ्य सञ्चालक संघ नेपालको प्रथम महाधिवेशनबाट मदनकुमार पुर्वेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

स्वास्थ्य सञ्चालक संघ नेपालको प्रथम महाधिवेशनबाट मदनकुमार पुर्वेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
  • २९ माघ २०८२, बुधबार १७:५५

काठमाडौं– स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल (होडान)ले प्रथम महाधिवेशनमार्फत मदनकुमार पुर्वेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

mulpatra

हालसम्म होडानले तत्काल संयोजकमार्फत संस्था सञ्चालन गदै आएको थियो । काठमाडौंमा आज भएको प्रथम महाधिवेशनबाट मदनकुमार पुर्वे अध्यक्षमा सर्वसहमत चयन भएका छन् ।

होडानको उपाध्यक्ष रामहरी थापा, महासचिव रघुनाथ पनेरू, कोषाध्यक्ष पुजा चौधरी चयन भएको होडानले जनाएको छ । उनीहरुपनि सर्वसहमत चयन भएका हुन् ।

mulpatra mulpatra mulpatra

यस्तै सदस्यहरुमा खिमराज अधिकारी,अञ्जली रोक्का,लक्ष्मी नारायण उपाध्य, राजेन्द्र चौधरी र कृष्ण अधिकारी रहेको होडानले जनाएको छ । होडानले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणका क्षेत्रका काम गदै आएको छ ।

नेपाल सरकारले तोकेको मूल्यमा स्वास्थ्य परीक्षण गराउन र यस क्षेत्रका समस्या समाधानका खबरदारी गदै अघि बढ्ने अध्यक्ष पुर्वेले बताएका छन् ।

उनका अनुसार वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा गुणस्तरीय र समस्या हुन नदिने गरी काम गर्ने लक्ष्यका साथ होडान संस्था सुरु भएको हो । यो संस्थाले अर्थतन्त्र र विदेशी मान्यता प्रविधिमार्फत स्वास्थ्य परिक्षण गराउने उनको भनाइ छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com