Close

Recent Posts

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्

नेपाललाई युक्रेन बनाउने मिसन चलाइएको थियो, म र माधवजीले जोगायौँ:प्रचण्ड

नेपाललाई युक्रेन बनाउने मिसन चलाइएको थियो, म र माधवजीले जोगायौँ:प्रचण्ड
  • ३० माघ २०८२, बिहीबार १९:३२

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन–जी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको जिकिर गरेका छन् ।

mulpatra

बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको जनसंवादमा प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र चुनाव नै विकल्पको रूपमा देखिएकाले आफूहरूले सहजीकरण गरेको बताए ।

सतही रूपमा हेर्दा जेन–जी आन्दोलन जलाउने र लुट्नेमात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेनजस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी छ ।

mulpatra mulpatra mulpatra

राष्ट्र ठूलो संकटमा परेको नजिकबाट नियालेको भन्दै प्रचण्डले भने, ‘त्यसबेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै हुने देखियो । म र माधव नेपालले सहजीकरण ग¥यौँ । हामीले विवेक नपु¥याको भए । त्यो बेला जलाउने, लुट्ने त थियो रछ । नांगो आँखाले देख्यौँ । संविधान खारेज, राष्ट्रपति संस्थालाई खारेज गराई कठपुतली सरकार बनाएर युक्रेनजस्तो बनाउने मिसन थियो र’छ भन्ने हामीले थाहा पायौँ । त्यो सफल भएको भए अझ दुर्घटना हुन्थ्यो त्यसबाट बचाउन हामीले सहजीकरण ग¥यौँ ।’

उनले संविधान बचाउन सफल भए पनि केही भने घाइते भएको बताए । साथै राष्ट्रपति संस्था बचाउन सकिएको प्रचण्डले सुनाए । सुरूमा यो चुनावतिर देश जाने हो कि हैन भन्ने शंका भएपनि अब पूरै मुलुक र जनता चुनावमा होमिएको दाहालको भनाइ छ ।

प्रचण्डले भने, ‘कतिपयले सर्वपक्षीय सरकार संसद पुनःस्थापनाको कुरा गरिरहेका थिए । हामी मात्र हौँ जनतामा जाने विकल्प नै हो भनिराख्यौँ । आज हामीलाई खुसी छ अब सबै राजनीतिक दल आम जनता चुनावका लागि तयार भएको अवस्था भयो ।’

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com