खाडी–मलेसिया जाने श्रमिकको स्वास्थ्य परिक्षण शुल्क घटाएका श्रममन्त्रीले कोरिया, जापान, इजरायल र यूकेको स्वास्थ्य शुल्कमा किन बोल्दैनन्दक्षिण कोरिया, जापान, इजरायल र यूकेका हकमा साढे १० हजारमाथि
काठमाडौं– हाल वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षण गराउने २ सय १५ वटा स्वास्थ्य संस्था दर्ता छन् ।

तीमध्ये नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ, स्वास्थ्य संस्था सञ्चालक संघ, गम्का, कतार भिसा सेन्टर, दक्षिण कोरिया, जापान, इजरायल र युके जाने कामदारका हकमा स्वास्थ्य परिक्षणमा फरक–फरक नियम छ ।
नेपाल स्वास्थ्य व्यवसायी महासंघ, नेपाल मेडिकल व्यवसायी संघ, स्वास्थ्य संस्था सञ्चालक संघ, गाम्का र कतार भिसा सेन्टरले ६ हजार ५ सय स्वास्थ्य परिक्षण गराएको शुल्क लिने गरेका छन् । भने, दक्षिण कोरिया, जापान, इजरायल र युके जाने कामदारले स्वास्थ्य परिक्षण गराएवापत १० हजार ५ सयभन्दा बढी शुल्क तिर्दै आएका छन् ।
![]() |
![]() |
![]() |
|---|
सरकारले केही महिनाअघि नेपाल स्वास्थ्य व्यवसायी महासंघ, स्वास्थ्य सस्था सञ्चालक संघ, कतार भिसा सेन्टर र नेपाल मेडिकल व्यवसायी संघले स्वास्थ्य परीक्षण शुल्क ६ हजार ५ सयबाट ९ हजार ५ सय रुपैयाँ बनाएको थियो । यस विषयमा वैदेशिक रोजगार व्यवसायीहरूले स्वास्थ्य परीक्षणको नाममा अस्वभाविक शुल्क वृद्धि भएको विरोध गरेका थिए ।
उक्त विरोधपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले बढेको शुल्क गत महिना नै खारेज गरि दिए । उनको निर्णयको मेडिकल सञ्चालकहरुले विरोध गरिरहेका छन् ।
तर अहिले दक्षिण कोरिया, जापान, इजरायल र यूके जाने कामदारले भने स्वास्थ्य परिक्षण गराएको शुल्क साढे १० हजार तिर्ने गरेका छन् । यस विषयमा भने श्रम मन्त्री भण्डारी मौन देखिएका छन् ।
Image Source: © https://mulpatra.com
नेपाल स्वास्थ्य व्यवसायी महासंघ, स्वास्थ्य सस्था सञ्चालक संघ, कतार भिसा सेन्टर र नेपाल मेडिकल व्यवसायी संघप्रति कडा देखिएका श्रम मन्त्री भण्डारी दक्षिण कोरिया, जापान, इजरायल र यूके स्वास्थ्य शुल्क घटाउन चासो नदिएको स्यंम कामदारले नै गुनासो गर्दैै आएका छन् ।
यो भिडियो पनि
वैदेशिक रोजगार ऐन २०६४ को दफा ७२, वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४५ (क) ले वैदेशिक रोजगारीमा जानुअघि स्वास्थ्य परीक्षण गरेर मात्रै जानुपर्ने व्यवस्था गरेको छ । इजरायल, दक्षिण कोरिया लगायत केही मुलुकमा सूचीकृत बाहेकका स्वास्थ्य संस्था तथा अस्पतालले पनि परीक्षणको गर्ने अनुमति पाएका छन् ।
इजरायल जाने कामदारले स्टार हस्पिटल, ह्याम्स अस्पताल, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल र किष्टल डायग्नोष्टिक प्रा.लिमा साढे १० हजारसम्म पैसा तिरेर स्वास्थ्य शुल्क तिर्ने गरेको बताउँछन् ।
दक्षिण कोरिया जाने कामदारले शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । उनीहरुका हकमा १० हजारभन्दा बढी स्वास्थ्य परिक्षण शुल्क लाग्छ ।
सरकारले २ महिनाअघि ९ हजार ५ सय शुल्क तोकेको थियो । यो निर्देशिका अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खारेज गरि दिए । तर उनले दक्षिण कोरिया, जापान, इजरायल र यूके जाने कामदारको स्वास्थ्य शुल्क घटाउन चासो नदिएको स्वास्थ्य व्यवसायीले गुनासो गरिरहेका छन् ।
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएका अधिकांश संस्थाहरूले गुणस्तरीय परीक्षणलाई ध्यान दिएको पाइँदैन । जसका कारण वैदेशिक रोजगारीमा जाने कामदारको मृत्यु समेत भइरहेको छ ।
कहीँ त तोकिएको भन्दा बढी शुल्क लिएर मनलाग्दी गर्दै आएका छन् । पछिल्लो सरकारले घटाएको शुल्कको असर दक्षिण कोरिया, जापान, इजरायल र यूके जाने कामदारको हकमा परेनन् ।
गत वर्ष भदौमा श्रम मन्त्रालयका उपसचिवको संयोजकत्वमा खटेको अनुगमन टोलीको प्रतिवेदनले पनि स्वास्थ्य परीक्षण गुणस्तरीय नभएको देखाएको थियो । अतिरिक्त स्वास्थ्य सचिव डा. दीपेन्द्ररमण सिंहको अध्यक्षतामा गठन भएको कार्यदलले बुझाएको प्रतिवेदनमा पनि स्वास्थ्य संस्थाहरूले मापदण्डमा उल्लेख भए अनुसार सबै परीक्षण नगरी पठाउने गरेको उल्लेख छ ।
मन्त्रालयले स्वास्थ्य परीक्षण सुधारका लागि गठन गरेको अध्ययन कार्यदलले पनि अधिकांश स्वास्थ्य संस्था मापदण्ड विपरित रहेको उल्लेख गरिएको थियो । तर श्रम मन्त्रालयले त्यस्ता म्यानपावरलाई पनि मान्यता दिएको थियो ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



