Close

Recent Posts

संविधान संसोधन गरेर अघि बढ्न कांग्रेस उपसभापति विश्वप्रकाशको प्रस्ताव

संविधान संसोधन गरेर अघि बढ्न कांग्रेस उपसभापति विश्वप्रकाशको प्रस्ताव
  • १ फाल्गुन २०८२, शुक्रबार ०७:०९

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले स्थिरि सरकारका लागि संविधान परिवर्तन गर्नमा जोड दिएका छन् । पाँच बर्षे स्थिरि सरकारले विकासको ढोका खोल्ने भएको हुनाले त्यसका लागि संवैधानिक व्यवस्था गर्नुपर्ने बताएका छन्।

mulpatra

बिहीबार कांग्रेसको निर्वाचन लक्षित भैरहवाको जिल्ला भेलामा शर्माले सबै दल छुट्टाछुट्टै चुनावमा जानु राम्रो भएको बताए। ‘चुनावमा प्रायः दल गठबन्धन नगरेर गएका छौँ, यो सकारात्मक कुरा हो,’ शर्माले भने।

‘कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको छ। यो आफ्नो ठाउँमा छ, तर हामी चाहन्छौँ– प्रधानमन्त्री पाँच वर्ष टिक्न र टिकाउन संवैधानिक व्यवस्थानै गरौँ,’ शर्माले भने।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्रीले पूरै पाच वर्ष शासन गर्ने व्यवस्था आवश्यक भएको उनको भनाइ थियो। ‘प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै पाँच वर्ष शासन गर्ने राष्ट्रिय सहमति गरेर भएपनि स्थिर सरकार बनाउन जरुरी रहेको उनको भनाइ छ ।

जेन जी आन्दोलनमा भएको मानवीय र राष्ट्रिय सम्पदा तथा निजी सम्पत्तिको क्षतिले आम नेपालीको मन जलेको, मन भाँचिएको र विश्वास टुक्रिएको टिप्पणी गर्दै तर जेनजी विद्रोह सबै गलत र भदौ २३ अघि सबै ठीक थियो भन्ने भाष्य सत्य नभएको शर्माले स्पष्ट पारे ।

निर्वाचनमा देश दौडाहामा रहेका शर्माले विभिन्न जिल्लाका रिपोर्टका आधारमा कांग्रेस स्थिर सरकार बनाउने गरि बहुमतको बाटोमा अघि बढेको समेत बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com