प्रधानमन्त्रीले ताप्लेजुङको पाथिभरा पुगेर शान्तिपूर्ण निर्वाचनका लागि कामना गरिन
ताप्लेजुङ प्रधानमन्त्री सुशीला कार्कीले पाथीभारा माताको दर्शन साथै पूजाआजा गरेकी छन् । चुनावको तयारी तथा शान्ति सुरक्षाको अवस्थाबारे जिल्लाका गतिविधिबारे जानकारी लिन आएकी उनी बिहानै पाथीभरा पुगेकी हुन् ।

दर्शनपछि कार्कीले सामाजिक सञ्जालमा ‘फागुन महिना, निर्वाचन महिना । पाथीभराबाट सुरूआत । शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु’, लेखेकी छ्न् ।
प्रधानमन्त्रीले जिल्लास्थित सुरक्षा निकायका प्रमुखका साथै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचनमा खटिएका अधिकारीसँग भेट्ने कार्यक्रम छ ।
![]() |
![]() |
![]() |
|---|



