Close

Recent Posts

जसपाको घोषणापत्र सार्वजनिक उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन प्रथामिकतामा

जसपाको घोषणापत्र सार्वजनिक उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन प्रथामिकतामा
  • १ फाल्गुन २०८२, शुक्रबार १४:३२

काठमाडौं– आगामी फागुनमा हुने प्रतिनिधिसभा चुनावलाई लक्षित गरी जनता समाजवादी पार्टी (जसपा) नेपालले घोषणापत्र सार्वजनिक गरेको छ ।

mulpatra

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले घोषणापत्र सार्वजनिक गरेका हुन् । जसपा नेपालले संविधान संशोधनका लागि उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्ने मुद्दालाई दोहो¥याएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी जसपा नेपालले घोषणापत्र सार्वजनिक गरेको हो ।

mulpatra mulpatra mulpatra

जसपाले सामाजिक क्षेत्रअन्तर्गत शिक्षामा शिक्षाको व्यापारीकरणलाई नियन्त्रण गर्ने उल्लेख गरेको छ । साथै, गाउँ र शहर तथा धनी र गरिबबीच बढेको शैक्षिक विभेद कम गर्न प्रविधिमैत्री शिक्षादेखि सिपमूलक शिक्षामा जोड दिने उल्लेख गरेको छ ।

त्यसैगरी, स्वास्थ्यमा हरेक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने र हरेक प्रदेशमा एउटा सुपर स्पेशलिस्ट अस्पताल निर्माण गर्ने पनि घोषणापत्रमा उल्लेख गरेको छ ।

जसपा नेपालले नगदरहित कारोबारको पक्षमा पनि वकालत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि डिजिटल कारोबारमा जोड दिने तर्क गरेको छ । त्यसैगरी, न्यायोचित भूमिसुधार र भू–व्यवस्थापन नीतिको पक्षमा उभिएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com