Close

Recent Posts

प्रदेशलाई खारेज गर्ने प्रस्ताव सहित राप्रपाले सार्वजनिक गर्यो चुनावी संकल्प पत्र (पूर्ण पाठ सहित)

प्रदेशलाई खारेज गर्ने प्रस्ताव सहित राप्रपाले सार्वजनिक गर्यो चुनावी संकल्प पत्र (पूर्ण पाठ सहित)
  • २ फाल्गुन २०८२, शनिबार २१:२०

काठमाडौँ । प्रदेश संरचना खारेज गरी केन्द्र र बलियो स्थानीय तहमा आधारित दुई तहको शासन प्रणाली लागू गर्ने प्रस्तावसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी संकल्प पत्र सार्वजनिक गरेको छ।

mulpatra

“सबल, समृद्ध र समुन्नत नेपाल – पृथ्वी पथ” मूल नाराका साथ पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ले शनिबार राजधानीमा आयोजित कार्यक्रममा संकल्प पत्र सार्वजनिक गरेका हुन्। राप्रपाले वर्तमान प्रदेश संरचनालाई पूर्ण रूपमा खारेज गर्दै केन्द्र र सशक्त स्थानीय तह मात्र रहने दुई तहको शासकीय व्यवस्था लागू गर्ने प्रस्ताव अघि सारेको छ।

ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधार मानेको राप्रपाले आगामी १० वर्षलाई ऊर्जा उत्पादन दशक घोषणा गर्ने प्रतिबद्धता जनाएको छ।

mulpatra mulpatra mulpatra

कृषि क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न रासायनिक मल कारखाना स्थापना, कृषिको आधुनिकीकरण र प्रत्येक स्थानीय तहमा ‘नेपाल मार्ट’ जस्ता परियोजना सञ्चालन गरी स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरिएको छ।

राजनीतिक दर्शनका रूपमा “संवर्धनवाद” अघि सारेको राप्रपाले राजसंस्था, सर्वधर्म समभावसहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र पुनर्स्थापनालाई दीर्घकालीन लक्ष्यका रूपमा उल्लेख गरेको छ। साथै, खर्चिलो निर्वाचन प्रणाली सुधार गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक संसद् को अवधारणालाई पनि संकल्प पत्रमा समेटिएको छ।

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिँदै पार्टीले २०४६ सालपछि उच्चपदस्थ नेता र कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गर्ने कडा कानुनी व्यवस्था मिलाउने घोषणा गरेको छ।

Image Source: © https://mulpatra.com

पूर्णपाठः

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com