Close

Recent Posts

एमाले झापा–५ ले जारी गर्‍यो अध्यक्ष ओलीलाई भोट दिनुपर्ने ३० कारण

एमाले झापा–५ ले जारी गर्‍यो अध्यक्ष ओलीलाई भोट दिनुपर्ने ३० कारण
  • ३ फाल्गुन २०८२, आईतवार ०९:५१

झापा। नेकपा एमालेको झापा–५ क्षेत्रीय कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी निर्वाचनमा मतदान गर्नुपर्ने ३० बुँदे कारणसहित अपिल सार्वजनिक गरेको छ।

mulpatra

‘केपी शर्मा ओलीलाई नै भोट किन ?’ शीर्षकमा जारी अपिलमा राष्ट्रिय स्वाधीनताको रक्षा, शान्ति सुरक्षाको सुनिश्चितता, खस्किएको जनताको मनोबल उठाउने र झापा–५ मा सुरु भएका विकासका अधुरा योजना सम्पन्न गर्न ओलीको जित आवश्यक रहेको उल्लेख छ। अपिलमा नवयुवालाई प्राविधिक शिक्षा र सीपमूलक तालिममार्फत स्वरोजगार बढाउने, सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने र कृषि विकासमार्फत खाद्यान्नमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य पनि समेटिएको छ।

एमालेले निर्माणाधीन एशियन हाइवे, मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी सडक तथा दमक–रवि–चिसापानी सडकजस्ता पूर्वाधार समयमै सम्पन्न गर्न ओलीको नेतृत्व आवश्यक रहेको जनाएको छ। साथै नेपाल–चीन मैत्री औद्योगिक पार्क निर्माण, दमक, गौरादह र गौरीगञ्जलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने, भूमिहीन, दलित र सुकुम्बासीका समस्या समाधान गर्ने प्रतिबद्धता पनि अपिलमा उल्लेख छ।

mulpatra mulpatra mulpatra