Close

Recent Posts

फागुन –७ भित्र १२ बुँदे सहमति कार्यान्वयन नगरे आमहड्तालसम्म आन्दोलन गर्ने प्रसाईको चेतावनी

फागुन –७ भित्र १२ बुँदे सहमति कार्यान्वयन नगरे आमहड्तालसम्म आन्दोलन गर्ने प्रसाईको चेतावनी
  • ४ फाल्गुन २०८२, सोमबार ११:४१

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले फागुन –७ गतेभित्र सरकारले आफुसँग १२ बुँदे सहमति कार्यन्यवन नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

mulpatra

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा भएको १२ बुँदे सहमतिमा सरकारले झुक्याएको भन्दै उनले आम हडतालसम्म आन्दोलन गर्ने विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

‘सरकारलाई फागुन–७ सम्म समय दिएको छौं । हामीसँग भएको सहमति मन्त्रिपरिषद् बैठकबाट सम्झौता कार्यान्वयनको निर्णय गर्ने प्रतिबद्धता भएन भने ठुलो आन्दोलन हुन्छ । सरकार गम्भीर देखिएन र हामी आन्दोलनमा उत्रन्छौं ।’ उनले भने ।

mulpatra mulpatra mulpatra

उनले आन्दोलनको क्रममा लघुबित्त, सहकारी र बैंकहरूलाई गाउँगाउँबाट लखेट्ने चेतावनी दिए । आगामी २१ फागुनको निर्वाचन बिथोल्ने गरी आन्दोलन गर्ने उनको भनाइ छ ।

उनका अनुसार हाम्र मुद्दामा जनमत संग्रह गरेर लोकतन्त्रको अधिक प्रयोग गरौं भनेका छौं । फेरि विद्रोहमा नजाऔं भनेको छौं । गाउँबाट लघुवित्त, सहकारी, बैंक पीडित उठ्ने उनको दाबी छ ।

प्रसाईले नेपाल हिन्दुराष्ट्र हुनुपर्ने, धर्मनिरपेक्षता खारेज हुनुपर्ने माग गरेका छ्न । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई यसअघि नै एक विशाल सभा आयोजना गरी नागरिक अभिनन्दन समेत गराइसकेका छन् ।
२७ बुँदे माग र सवालका विषयमा नेपाल सरकारका तर्फबाट वार्ता समितिका संयोजक सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र महाअभियानका तर्फबाट दुर्गा प्रसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

Image Source: © https://mulpatra.com

संविधान खारेज गरी बौद्ध किराँत सहित वैदिक सनातन धर्म सापेक्ष हिन्दू अधिराज्य र संवैधानिक राजसंस्थाको स्थापना गरिनुपर्ने माग गरिएको छ । यो विषय जनमत संग्रहमार्फत टुंग्याउनुपर्ने पनि माग उनको छ ।

त्यस्तै प्रदेश संरचना खारेज गरी ५ विकास क्षेत्र, १४ अञ्चल, ७५ जिल्ला पुरानै अवस्थामा कायम गर्नुपर्ने माग छ । बैंक वित्तीय संस्थालाई राष्ट्रियकरण गरी जोखिम रकम उठाई बैंक र व्यवसायीलाई छुट्याउनुपर्ने माग गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com