५ वर्षभित्रै ४ खर्बको आईटी सेवा निर्यात, २ लाखलाई रोजगारीको दाबीसहित थापाको रोडम्याप
काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाललाई आगामी ५ वर्षभित्र डिजिटल हब बनाउन सक्ने गरी रोडम्याप सार्वजनिक गरेका छन् ।

एक भिडिओ सन्देश जारी गर्दै उनले सन् २०२४ देखि २०३४ सम्मको अवधिलाई ‘आईटी दशक’ का रूपमा अघि बढाउने लक्ष्य राख्दै पाँच वर्षभित्रै करिब ४ खर्ब रूपैयाँ बराबरको आईटी सेवा निर्यात गर्न सकिने बताएका छन् ।
थापाको भिडिओ सन्देशमा सूचना प्रविधिको क्षेत्रमा थोरै सुधार गर्दा पनि ठूलो नतिजा ल्याउन सकिने विश्वास व्यक्त गरे । केही समयअघि कीर्तिपुरको एक सभामा ल्यापटप चलाएरै मासिक ३–४ लाख कमाउन सकिन्छ भनी दिएको अभिव्यक्ति ट्रोलको विषय बने पनि त्यो हावादारी कुरा नभई योजनाबद्ध सोच रहेको बताए ।
![]() |
![]() |
![]() |
|---|
अघिल्लो सरकारको पालामा अध्यादेशमार्फत गरिएका साना सुधारले पनि सकारात्मक नतिजा देखाएको उदाहरण दिँदै थापाले अब थप व्यवस्थित र नीतिगत सुधारको खाँचो रहेको औँल्याए ।
उनले भनेका छन् भने, ‘हामी गर्ने भनेर दत्तचित्त भएर लागेमा पाँच वर्षभित्र साँच्चिकै गर्न सक्छौँ प्रविधिको क्षेत्रमा । पाँच वर्षभित्र करिब चार खर्ब रूपैयाँको आईटी सेवा विदेशमा निर्यात गर्न सकिन्छ । दुई लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्न सकिन्छ ।’
थापाले अघि सारेको योजनामा २ लाखभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना गर्ने, कम्तीमा २०० नेपाली आइटी कम्पनीलाई विश्व बजारमा विस्तार गर्ने र ३ देखि ५ वटा कम्पनीलाई धितोपत्र बजारमा सूचीकृत गर्ने लक्ष्य समावेश छ
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



