नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ
  • ५ फाल्गुन २०८२, मंगलवार ०५:०१

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ प्रहरीले भक्तपुरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो ।

mulpatra

प्रसाईंले फागुन –७ गतेभित्र सरकारले आफुसँग १२ बुँदे सहमति कार्यन्यवन नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए ।
प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा भएको १२ बुँदे सहमतिमा सरकारले झुक्याएको भन्दै उनले आम हडतालसम्म आन्दोलन गर्ने विज्ञप्तीमार्फत जानकारी गराएका छन् ।

दुर्गा प्रसाईको विज्ञप्ती आएकै दिन उनलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी काठमाडौंका अनुसार निर्वाचन आयोगले आचार संहिता उल्लंघन र सार्वजनिक शान्ति सुरक्षामा अनुसन्धान गर्न पत्राचार गरेको थियो। सो पत्राचारपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।

mulpatra mulpatra mulpatra