Close

Recent Posts

रबिको सहकारी ठगीको मुद्दा यथावतै रहँदा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा पनि फिर्ता लिन मानेन कास्की अदालतले

रबिको सहकारी ठगीको मुद्दा यथावतै रहँदा संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा पनि फिर्ता लिन मानेन कास्की अदालतले
  • ५ फाल्गुन २०८२, मंगलवार ०७:४६

काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध दायर संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अभियोगपत्र संशोधन गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतमा यस विषयमा रिट विचाराधीन रहेकाले अन्तिम आदेश नआएसम्म मुद्दा फिर्ता प्रक्रिया अघि नबढाउने आदेश अदालतले दिएको हो ।

mulpatra

लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा अलग–अलग मुद्दा दायर भएका थिए । तीमध्ये संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता लिने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरे पनि कास्की जिल्ला अदालतले यी मुद्दा सहकारी ठगीसँग अन्तरसम्बन्धित रहेको ठहर गर्दै छुट्याएर हेर्न नमिल्ने स्पष्ट पारेको छ ।

महान्यायाधिवक्ता सबिता भण्डारीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ प्रयोग गरी गोर्खा मिडियाका अध्यक्ष जीबी राईसहित ५० जनाविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सो निर्णयलाई लिएर सरकारमाथि न्यायिक प्रक्रियामा हस्तक्षेप गरेको आरोप लाग्दै आएको छ । यही विषयलाई लिएर सर्वोच्च अदालतमा समेत रिट दायर भएको छ ।

mulpatra mulpatra mulpatra

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले सर्वोच्चमा विचाराधीन रिटको टुंगो नलागेसम्म मुद्दा फिर्ता लिन नमिल्ने ठहर गरेको हो । अदालतका अनुसार सर्वोच्चबाट आउने आदेश नै यस विषयमा निर्णायक हुने भएकाले अहिले कुनै एकतर्फी निर्णय लिन नमिल्ने अवस्था छ ।

यसअघि रूपन्देही जिल्ला अदालतले पनि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने प्रक्रिया रोकेको थियो । दुवै अदालतले सर्वोच्च अदालतको निर्णय कुर्ने अडान लिएका छन् ।

पोखराको सूर्यदर्शन सहकारीलगायत विभिन्न सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध कास्की, रूपन्देही, काठमाडौं र चितवन जिल्ला अदालतमा मुद्दा दायर छन् । अभियोजन पक्षका अनुसार सहकारीबाट हिनामिना गरिएको रकम विभिन्न क्षेत्रमा लगानी गरी सम्पत्ति शुद्धीकरण गरिएको प्रमाण फेला परेको छ ।

Image Source: © https://mulpatra.com

सूर्यदर्शन सहकारीका पीडितहरूले अदालतको पछिल्लो आदेशलाई न्यायिक संवेदनशीलता र विधिको शासनको सम्मानका रूपमा लिएका छन् । उनीहरूका अनुसार सहकारी ठगीको मुद्दा यथावत् रहँदा संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा पनि फिर्ता नगर्नु पीडितका लागि सकारात्मक संकेत हो ।

नेपाल बार एसोसिएसन संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता मुद्दा राजनीतिक दबाबमा फिर्ता लिन खोज्नु न्यायिक प्रणालीकै लागि खतरनाक हुने बताएको थियो ।
रुपन्देही र कास्की जिल्ला अदालतको सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण एकअर्कासँग गाँसिएका मुद्दा भएकाले छुट्याएर हेर्न नमिल्ने निर्णयले सहकारी पीडितलाई तत्कालका लागि न्याय मिलेको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com