सरकार की आयोगले निर्वाचन बिथोल्न सक्ने चुनौती ठान्यो ? प्रसाईमाथि जेनजी सरकारको अत्याचार

सहमति कार्यान्वयन नगरेको सरकारले प्रसाई पक्रिएर के गर्छ खोज्दै छ

सरकार की आयोगले निर्वाचन बिथोल्न सक्ने चुनौती ठान्यो ? प्रसाईमाथि जेनजी सरकारको अत्याचारसहमति कार्यान्वयन नगरेको सरकारले प्रसाई पक्रिएर के गर्छ खोज्दै छ
  • ५ फाल्गुन २०८२, मंगलवार ११:५७

काठमाडौँ– भक्तपुरस्थित आफ्नै निवासबाट मध्यरात पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सार्वजनिक शान्तिमा खलल पु¥याएको कसुरमा मुद्दा चलाइने भएको छ । यो कसुरमा बढीमा २५ दिनसम्म प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्ने कानूनी व्यवस्था छ ।

mulpatra

काठमाडौँका जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा उनी पक्राउ परेका हुन् । उनका गतिविधि तथा अभिव्यक्तिबाट सार्वजनिक शान्तिमा असर गरेको भनी निर्वाचन आयोगले जिल्ला प्रहरी परिसर, भद्रकालीलाई पत्र लेखेको भट्टराईले बताए ।

उनलाई एकछिन पनि बाहिर राख्नु सार्वजनिक शान्तिमाथि ठूलो चुनौती हुने आयोगको ठहर बमोजिम राति नै पक्राउ गरिएको उनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

प्रसाईंलाई हिरासतमा राख्नका लागि कार्यालय समय शुरू हुनासाथ म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिने प्रवक्ता भट्टराईले बताए ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका संयोजक दुर्गा प्रसाईंले फागुन –७ गतेभित्र सरकारले आफुसँग १२ बुँदे सहमति कार्यन्यवन नगरे आन्दोलनमा जाने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीसहितको उपस्थितिमा भएको १२ बुँदे सहमतिमा सरकारले झुक्याएको भन्दै उनले आम हडतालसम्म आन्दोलन गर्ने विज्ञप्तीमार्फत जानकारी गराएका छन् । सरसकारले उनीसँग भएको सहमति कार्यान्यवन गर्न महत्व नदिएको प्रसाईको गुनासो छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com