क्रिकेटमा १२ वर्षपछि खोलो फर्कियो, नेपालले निकाल्यो स्कटल्याण्डसँगको सान्त्वना जित
काठमाडौं । १२ वर्षको लामो प्रतीक्षापछि नेपाली क्रिकेटमा जितको अनुभव गर्न पाएका छन खेलाडीले। आइसिसी टी२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा नेपाल ले स्कटल्यान्ड लाई ७ विकेटले पराजित गर्दै विश्वकपमा ऐतिहासिक जित दर्ता गर्यो।

मुम्बईस्थित वानखेडे रंगशाला मा भएको खेलमा स्कटल्यान्डले दिएको १७१ रनको चुनौती नेपालले १९.२ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। यो जितसँगै नेपालले सन् २०१४ पछि पहिलोपटक टी२० विश्वकपमा जितको अनुभव गर्न पायो ।
नेपालको जितका नायक बने दीपेन्द्रसिंह ऐरी । कठिन परिस्थितिमा मैदान सम्हाल्दै उनले २३ बलमा ४ चौका र ३ छक्कासहित नटआउट ५० रन प्रहार गरे। अन्त्यमा गुल्सन झा ले १७ बलमा २४ रनको अविजित इनिङ खेलेर जित सुनिश्चित गरे। यससँगै दीपेन्द्र विश्वकपमा नेपालका लागि दुई अर्धशतक प्रहार गर्ने तथा लगातार अर्धशतक बनाउने पहिलो खेलाडी बने।
![]() |
![]() |
![]() |
|---|
लक्ष्य पछ्याउने क्रममा नेपालले सशक्त सुरुवात गर्यो। ओपनर कुशल भुर्तेल र आसिफ शेख ले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गरे। कुशलले ३५ बलमा ४३ रन बनाउँदै एकै इनिङमा चार छक्का प्रहार गरेर अर्को कीर्तिमानसमेत बनाए। यो साझेदारी विश्वकपमा नेपालको पहिलो विकेटका लागि सर्वाधिक हो।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो। स्कटल्यान्डका लागि माइकल जोन्स ले आक्रामक अर्धशतक प्रहार गर्दै नेपाली बलरमाथि दबाब सिर्जना गरे। तर अन्तिम पाँच ओभरमा नेपाली बलरहरूले उत्कृष्ट पुनरागमन गर्दै मात्र ३९ रन खर्चिएर ६ विकेट झारे।
बलिङतर्फ सोमपाल कामी ले ३ विकेट लिँदै निर्णायक भूमिका खेले भने नन्दन यादवले २ विकेट हात पारे। समूह चरणका तीन खेल हारेर पहिले नै बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना मात्र होइन, आत्मविश्वास र आशाको नयाँ ढोका खोलेको छ।
Image Source: © https://mulpatra.com
१२ वर्षमा खोलो पनि फर्कन्छन भन्ने उखान छ, त्यही उखानसँग मेल खाने संयोग नेपाली क्रिकेट टिममा देखिएको हो । समूह चरणबाट बाहिरिए पनि स्कटल्याण्डसँगको सानदार जीतले नेपाली क्रिकेट टिमको भविष्य जोगाउने काम गरेको छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



