Close

Recent Posts

नेपाली कांग्रेसले आज जनकपुरको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्दै

नेपाली कांग्रेसले आज जनकपुरको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्दै
  • ६ फाल्गुन २०८२, बुधबार ०७:४६

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरधाममा गर्न गइरहेको चुनावी सभामार्फत प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । गत आइतबार सार्वजनिक गर्ने भनिएको चुनावी प्रतिज्ञापत्र आज वृहत आमसभामार्फत सार्वजनिक गर्न लागेको हो ।

mulpatra

सभामा नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत केन्द्रीय तहका प्रमुख नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

नेपाली कांग्रेस मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले विज्ञप्ती जारी गर्दै नेपाली कांग्रेसका सभापति गगन कुमार थापा स्वयं मधेसको जिल्ला सर्लाही क्षेत्र नं ४बाट उम्मेदवार बनेर मधेसको जनतासँग प्रत्यक्ष जोडिनुभएको छ । यो केवल चुनावी रणनीति मात्र नभई मधेस र राष्ट्रिय राजनीतिबिचको सम्बन्धलाई सुदृढ बनाउने सन्देश हो भनेका छन् ।

mulpatra mulpatra mulpatra

उनले मधेस आन्दोलनपछिको राजनीतिक यात्रामा नेपाली कांग्रेसले मधेशका जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा आत्मसात् गरेको विज्ञप्ती मार्फत बताएका छन् ।

आज हुने प्रतिज्ञा सभामा १ लाखभन्दा बढी मतदाताको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएका छन् ।

जनकपुरबाट प्रतिज्ञापत्र सार्वजनिक गरिएपछि आज दिउँसो ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा समेत प्रतिज्ञापत्रबारे जानकारी दिन कार्यालयले जनाएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com