Close

Recent Posts

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, यस्तो छ तालिका

कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि, यस्तो छ तालिका
  • ६ फाल्गुन २०८२, बुधबार ०९:३७

काठमाडौं । कक्षा १२ को यस वर्षकोको परीक्षा वैशाख १४ गतेदेखि हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

mulpatra

राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ ।

यसवर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार परीक्षार्थी सहभागी हुने बोर्डले जनाएको छ।

mulpatra mulpatra mulpatra

गत वर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार ३४७ र आंशिक तर्फ एक लाख १४ हजार ६४० विद्यार्थी परीक्षामा सहभागी थिए।