Close

Recent Posts

१० भिजन सहित नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक (पूर्ण पाठ)

१० भिजन सहित नेपाली कांग्रेसको प्रतिज्ञा पत्र सार्वजनिक (पूर्ण पाठ)
  • ६ फाल्गुन २०८२, बुधबार २१:१८

काठमाडौं । नेपाली कांग्रेसले आज प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ। जनकपुरमा आयोजित सभामार्फत कांग्रेसले आगामी राजनीतिक यात्राका लागि मार्गदर्शन गर्ने प्रतिज्ञा पत्र सार्वजनिक गर्दै देश विकासका लागि १० वटा मुख्य भिजन प्रस्तुत गरेको हो।

mulpatra

कांग्रेसका नेताहरूले प्रतिज्ञा पत्र सार्वजनिक गर्दै यो दस्तावेज जनताको आवश्यकता, संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित रहेको बताएका छन्। आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनलाई केन्द्रमा राखेर प्रतिज्ञा पत्र तयार गरिएको पार्टीको दाबी छ।

नेपाली कांग्रेसको प्रतिज्ञा पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै विधिको शासन र मानवअधिकारको संरक्षण गर्न संविधानको पूर्ण कार्यान्वयन र लोकतन्त्रको सुदृढीकरणको नारा अगाडी सारेको छ ।

mulpatra mulpatra mulpatra

त्यस्तै उत्पादनमुखी अर्थतन्त्र, निजी क्षेत्रको प्रवर्द्धन र युवालाई देशमै रोजगारी, किसानमुखी नीति, सिँचाइ विस्तार, बजार सुनिश्चितता र आत्मनिर्भर कृषि, सबैका लागि गुणस्तरीय शिक्षा र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने लक्ष्य लाई प्राथमिकतामा राखेको छ ।
प्रतिज्ञा पत्र सार्वजनिक कार्यक्रममा कांग्रेस नेतृत्वले जनतासँग गरिएको यो प्रतिबद्धता कार्यान्वयन नै पार्टीको प्रमुख चुनौती र दायित्व हुने उल्लेख गरे। जनताको विश्वास जित्दै देशलाई स्थायित्व, समृद्धि र सामाजिक सद्भावतर्फ लैजान यी १० भिजन मार्गदर्शक बन्ने कांग्रेसको विश्वास छ।

के छ प्रतिज्ञा पत्रमा ?