नेपाली कांग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे सभापति थापासँग आज खुल्ला प्रश्नोत्तर हुने, सर्वसाधारणले समेत प्रश्न राख्न पाउने
काठमाडौँ । नेपाली कांग्रेसको चुनावी प्रतिज्ञा पत्रबारे आज सभापति गगन कुमार थापासँग खुल्ला प्रश्नोत्तर हुने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजेदेखि राष्ट्रिय सभागृहमा हाम्रो प्रतिज्ञा–तपाईको प्रश्न कार्यक्रम मार्फत सभापति थापसँग खुल्ला प्रश्नोत्तरको कार्यक्रम आयोजना गरेको हो ।

नेपाली कांग्रेसले हिजोमा जनकपुरधामको सभामा चुनावी प्रतिज्ञा पत्र सार्वजनिक गरेको थियो । सोही चुनावी प्रतिज्ञा पत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ।
प्रश्नोत्तर कार्यक्रमको विषयमा पार्टी प्रवक्ता चालिसले नेपाली कांग्रेसले बुधबार मधेशको राजधानी जनकपुरबाट सार्वजनीक गरेको प्रतिज्ञापत्रका बारेमा आज काठमाडौंमा विस्तृतमा जानकारी दिने र त्यसमा उल्लेखित विषयमा खु्ला प्रश्नोत्तर कार्यक्रम राखिएको जानकारी दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रविधिको प्रयोग गरेर संसारभरिबाट प्रत्यक्ष रुपमा प्रश्न सोध्न सकिने र त्यसमा प्रत्यक्ष रूपमा सभापतिले जवाफ दिने व्यवस्था गर्न लागिएको प्रवक्ता चालिसेले बताएका छन् ।
कार्यक्रम स्थल राष्ट्रिय सभा गृहमा सहभागीहरूबाट पनि प्रश्न लिने र त्यसको जवाफ सभापतिले थापाले दिने व्यवस्था मिलाइएको छ । प्रतिज्ञापत्रमा समेटिएका विषयलाई आम नागरिकले प्रश्नहरू गर्न र जिज्ञाशा राख्न पाउने छन् ।



