नेकपा (एमाले)ले चुनावी प्रतिज्ञापत्र आज सार्वजनिक गर्दै
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचन लक्षित आफ्नो चुनावी प्रतिज्ञापत्र आज सार्वजनिक गर्ने भएको छ ।

कार्यक्रम आज १२ बजे एभरेस्ट होटेल बानेश्वरमा हुने एमाले कार्यालयले जनाएको छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थिति रहने प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी गराएका छन् ।
घोषणापत्रमा ‘समृद्ध नेपाल’ निर्माणलाई मुख्य एजेन्डाका रूपमा अघि सारिनेछ । सुशासन प्रवर्द्धन, रोजगारी सिर्जना, सामाजिक न्याय सुनिश्चितता तथा संस्थागत सुधारलाई प्राथमिकतामा राखिएको एमालेले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



