चुनावमा जित्ने मात्र होइन टिक्ने प्रधानमन्त्रीको पद्धति सोचौं: शर्मा
काठमाडौं– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जित्नेभन्दा पनि टिक्ने प्रधानमन्त्रीको पद्धति सोच्ने बेला आएको बताएका छन् ।

कांग्रेस बहुमत ल्याउने लक्ष्य लिएर अघि बढेको उनले बताए । उनले भने, ‘प्रधानमन्त्री ५ वर्ष टिक्न÷टिकाउन नयाँ सोच सहितको संवैधानिक प्रावधान राख्न जरुरी छ । यो किन भने बितेको ७५ वर्षमा कुनै पनि प्रधानमन्त्री लगातार ५ वर्ष टिक्न सकेनन् ।’
उनले ५ वर्ष स्थिर रहने सरकारका लागि चुनाव अघि नै राष्ट्रिय सहमति गरौं भन्ने आफ्नो व्यक्तिगत प्रस्ताव र आह्वान रहेको बताए । धरानको भानु चोकमा बिहीबार आयोजित सुनसरी क्षेत्र नम्बर–१ का उम्मेदवार सुजेन्द्र तामाङको चुनावी ’प्रतिबद्धता घोषणासभाझ मा उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
![]() |
![]() |
![]() |
|---|
प्रत्यक्षको सिट र लोकप्रिय मतको आधारमा पहिलो हुने दलको प्रधानमन्त्रीले पूरै ५ वर्ष शासन गर्ने, बहुमत नपुगेमा ’विनर्स टेक अलझ को नीति बमोजिम अपुग संख्या सुनिश्चित गर्ने, दोस्रो÷तेस्रो लगायतका दल सरकारमा नगएर पूरै ५ वर्ष प्रतिपक्षी कित्तामा बस्ने, यस्तै कुनै अवधारणामा चुनाव पूर्व जरुरी राष्ट्रिय सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।
सभामुख चयनपछि बस्ने संसद्को पहिलो बैठकबाट त्यो सहमतिलाई संविधानमा अंकित गर्नु पर्ने उनको प्रस्ताव छ ।
उनले भने, ‘चुनाव पूर्व सरकार, दलहरू, बौद्धिक क्षेत्र र जेनजी सहितको वृहत् सम्मेलन गरौं । त्यसबाट वर्तमान संविधान र समग्र पद्धतिमा दर्जन बढी सुधारको बुँदागत सहमति गरौं । सार्वजनिक रूपले हाम्रो प्रस्ताव छ ।’
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



