तत्काल प्रसाईको रिहाको माग गदै देशभर आन्दोलन, आमहड्ताल र चुनाव बिथोल्ने समर्थकको चेतावनी
काठमाडौँ– दुर्गा प्रसाईंको सचिवालयले हाम्रो राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ससम्मान रिहा नगरिएको भन्दै देशभर आन्दोलन थालेका छन् । प्रसाई पक्राउ परेदेखि नै देशव्यापी आन्दोलन गरिरहेका छन् ।

प्रसाईको तत्काल रिहा नगरेको भन्दै नेपाल बन्दलगायतका आन्दोलन घोषणा गरेको छ । सचिवालयले सरकारले विना कुनै ठोस आधारमा हिरासतमा राखेको घटनामा आपत्ति जनाएको छ ।
सचिवालयले बौद्ध किरातसहितको वैदिक सनातन हिन्दू अधिराज्य र राजसंस्था पुनस्थापनापछि मात्रै चुनाव गर्न आह्वान गरेको छ । महाअभियानले उठाएका २७ बुँदे माग सम्बोधन गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । यो सहमति तत्काल कार्यान्यवन नगरे निर्वाचन बिथोल्नेसम्म आन्दोलन गर्न बाध्य हुने प्रसाईका समर्थकले विज्ञप्तीमा भनिएको छ ।
![]() |
![]() |
![]() |
|---|
सचिवालयले विज्ञप्ति जारी गर्दै नागरिकको वाक स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारमाथि धावा बोल्दै सरकारले देखाएको यो दमनकारी कदम पूर्णतः अलोकतान्त्रिक र अन्यायपूर्ण भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले हाम्रो अभियान र प्रसाईंज्यूले उठाउनुभएका जनताका जायज माग सम्बोधन गर्नुको सट्टा राज्य शक्तिको दुरुपयोग गरी उहाँलाई बन्दी बनाएको छ, यो अन्यायको विरुद्ध र उहाँको ससम्मान रिहाइका लागि हामीले पटकपटक शान्तिपूर्ण आग्रह गर्दा पनि सरकारले वेवास्ता गरेकाले हामी बाध्य भई कडा आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न विवश भएका छौँ ।
सचिवालयका अनुसार, फागुन ६ गतेदेखि देशव्यापी अनिश्चितकालीन नेपाल बन्द, सम्पूर्ण उद्योग, कलकारखाना, यातायात, शिक्षण संस्था तथा व्यापारिक प्रतिष्ठानहरू पूर्ण रूपमा बन्द आह्वान गरिएको छ । यस्तै, बन्दको समयमा देशभरका मुख्य चोक र जिल्ला सदरमुकाममा शान्तिपूर्ण विरोध प्रदर्शन र कोणसभा हुने बताइएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



