गृहमन्त्रीको राजीनामा माग्दै इन्जिनियरका हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम
काठमाडौं– इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्याको ४ दिनसम्म हत्यारा पक्राउ नपरेपछि सिरहामा सडक जाम गरिएको छ ।

यादवको गृहजिल्लामा स्थानीयले धनगढीमाई बजारमा चक्काजाम गरेका छन् । उनीहरूले महेन्द्र राजमार्ग केही समय अवरुद्ध पारे । उनीहरूले मृतकका परिवारलाई न्याय दिन, घटनाको छानबिन गर्न तथा दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।
प्रदर्शनकारीले अपराधीको सुराकसमेत पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन् । न्याय नपाए थप आन्दोलनको चेतावनी दिइएको छ । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको र संलग्नको खोजी भइरहेको बताएको छ ।
![]() |
![]() |
![]() |
|---|



