Close

Recent Posts

आगामी निर्वाचनपछि नेपालमा ‘अर्को विद्रोह’ हुने प्रधानमन्त्रीको संकेत

आगामी निर्वाचनपछि नेपालमा ‘अर्को विद्रोह’ हुने प्रधानमन्त्रीको संकेत
  • ७ फाल्गुन २०८२, बिहीबार १५:०७

काठमाडौं– जेनजीको विद्रोहको जगमा बनेको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्दै छ ।

mulpatra

गत भदौ २७ गते प्रधानमन्त्रीको शपथलगत्तै कार्की नेतृत्वको सरकारले मौजुदा प्रतिनिधिसभा विघटन गरेर फागुन २१ गतेका लागि निर्वाचनको मिति तोकेको हो ।

यो निर्वाचनले देशलाई निकास दिने अपेक्षा धेरैको छ । तर, प्रधानमन्त्री कार्कीले भने चुनावले मात्र समस्या समाधान नगर्ने, राजनीतिक दल र नेताहरुमा निकै सुधारको आवश्यकता औँल्याएकी छन् ।

mulpatra mulpatra mulpatra

बिहीबार ७६औँ प्रजातन्त्र दिवसमा अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले दल र तिनका नेता नसुध्रिए चुनावपछि पनि अर्को विद्रोह हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

राजनीतिक दल र राज्यसत्ताले लोकतन्त्रको नारा कागजमा मात्रै सीमित राख्दा मुलुकले विद्रोहको समाना गर्दै आउनुपरेको भन्दै उनले निर्वाचनपछि बन्ने सरकारले पनि युवाको आवाजलाई तिरष्कार गरेमा अर्को विद्रोह हुन सक्ने बताइन् ।

संविधानलाई संस्थागत गर्न नसक्नुको परिणाम भदौ २३ र २४ को घटना भएको बताएकी उनले भनिन्, ‘प्रजातन्त्र दिवस मनाइरहँदा हामीले आत्मसमीक्षा गर्नैपर्छ कि किन २००७ को उपलब्धि २०१७ मा खोसियो ? किन ०३६, ०४६, ०६२६३ र फेरि २०८२ मा पनि जनता सडकमा उत्रिनुप¥यो ? किन यसपटक कलिला जेनजी युवाहरूले पनि गोलीको पर्वाह नगरी आवाज उठाउनुप¥यो ? उत्तर स्पष्ट छ कि हामीले लोकतन्त्रको नारा भट्यायौँ मात्र, संविधानमा अक्षरका सुन्दर बान्की सजायौँ तर त्यसको लोकतान्त्रिक व्यवहार र संस्कारलाई संस्थागत गरेनौँ, गर्नै चाहेनौँ ।’

Image Source: © https://mulpatra.com

युवा र भुइँमान्छेको आवाजलाई तिस्कार गरे फेरि विद्रोह हुन सक्ने भन्दै उनले भनिन्, ‘‘म स्पष्ट रूपमा भन्न चाहन्छु, युवालाई तिरष्कार गरेर कुनै राष्ट्र शान्त रहन सक्दैन, युवामा ऊर्जा छ, नैतिक क्रोध छ र परिवर्तनको आकांक्षा छ । उसले नातावाद, कृपावाद र भ्रष्टाचार सहँदैन, त्यो असन्तोषलाई दबाएर होइन, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्छ ।

सत्तामा सीमित वर्गको हालीमुहाली, स्रोत–साधनमा एकाधिकार र राज्य संरचनामा असमान अभ्यासले जनता असन्तुष्ट भएको उनले औँल्याइन्। भदौ २३–२४ मा युवा नेतृत्वको ‘जेनजी आन्दोलन’ का घटनालाई उदाहरण दिँदै उनले असन्तोषको आवाजलाई दमन गर्ने होइन, सुधारको अवसरको रूपमा ग्रहण गर्नु आवश्यक भएको उल्लेख गरिन्।

लोकतन्त्र केवल प्रक्रिया मात्र नभई परिणाम दिने प्रणाली भएको र आम मानिसको जीवनमा यसको वास्तविक झल्को देखिनुपर्ने उनले जोड दिइन्। उनले भनिन्, ‘भदौ २३ र २४ मा जेनजी युवाहरूको अगुवाइमा भएको आन्दोलन जनताका गुनासा सुन्न असफल संरचनामाथिको प्रश्न थियो । उक्त आन्दोलनले भ्रष्टाचार, नातावाद र विभेदको अन्त्य खोजेको हो । सुशासन र समन्याय खोजेको हो । यसप्रति राज्य उदार मात्र होइन, विनयशील र कर्तव्यनिष्ठ पनि हुनुपर्दछ।’

प्रधानमन्त्री कार्कीले २००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र नभई नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष भएको स्मरण गराएकी छन् ।

‘२००७ सालको क्रान्ति केवल शासन परिवर्तन मात्र थिएन । त्यो नेपाली जनताको आत्मसम्मान, अधिकार र स्वाभिमानको उद्घोष थियो । त्यही सालको फागुन ७ गते हामीलाई रैतीबाट नागरिक बनाउने एउटा महान् दिन थियो । आजको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जग पनि २००७ सालको राजनीतिक क्रान्ति नै हो,’ उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले प्रजातन्त्र दिवस मनाउँदा हामीले आत्मसमीक्षा गर्नुपर्ने औँल्याउँदै भनेकी छन्, ‘संविधानमा समानता लेखिए पनि व्यवहारमा विभेद र असमानता कायम रहेको छ ।’

प्रधानमन्त्री कार्कीले यस वर्ष प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते हुने भएकाले त्यसलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिइन्।

आगामी संसद् र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढाउनेमा उनी विश्वस्त रहेको पनि बताइन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com