Close

Recent Posts

बंगलादेशी ‘जेनजी दल’को आशंका– हालैको चुनावमा भारत,बिएनपी र शेख हसिनाबीच साँठगाँठको आरोप

बंगलादेशी ‘जेनजी दल’को आशंका– हालैको चुनावमा भारत,बिएनपी र शेख हसिनाबीच साँठगाँठको आरोप
  • ८ फाल्गुन २०८२, शुक्रबार २०:१७

काठमाडौं– बंगलादेशको विद्यार्थी आन्दोलनबाट स्थापित पार्टी नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले हालै सम्पन्न निर्वाचनमा २ तिहाई बहुमत पाएको बिएनपी,आन्दोलनबाट विस्थापित शेख हसिनाको अवामी लिग र भारतबीच मिलेमतो भएको आरोप लगाएका छन् ।

mulpatra

चुनावमा अपेक्षित प्रदर्शन गर्न असफल भएको बंगलादेशको नयाँ दलका नेता इस्लामले अवामी लिगका कार्यालयहरु धमाधम खुल्न थालेपछि नयाँ प्रधानमन्त्री तारिक रहमान र भारतबीच मिलेमतोमै यो भइरहेको आरोप लगाएका हुन् ।

बिहीबार साँझ पत्रकार सम्मेलन गरी बंगलादेशको विपक्षी दलका मुख्य सचेतक समेत रहेका इस्लामले हालै सम्पन्न चुनावमा भारत,शेख हसिनाको पार्टी अवागमी लिग र प्रधानमन्त्री रहमानको पार्टी बीएनपीबी कुनै न कुनै प्रकारको साँठगाँठ रहेको बताए ।

mulpatra mulpatra mulpatra

उनले अवामी लिगको राजनीति फेरि स्थापित गर्न खोजिएभन्दै आपत्ति जनाएका छन् । गत चुनावमा हसिनाको पार्टी अवामी लिगलाई प्रतिस्पर्धा गर्न समेत प्रतिबन्ध लगाइएको थियो ।

उनले अवामी लिगको कार्यालय खोलिएकोबारे प्रशासनबाट जवाफ समेत मागेका छन् । उनले अवामी लिगमाथि प्रतिबन्ध कायम नराखिए आन्दोलन गर्ने चेतावनी समेत दिए ।

उनले नयाँ सरकारले हरिया झण्डा नदेखाई आवामी लिगले कार्यालय खोल्न नसक्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com