राश्वपा-पुराना विभिन्न दलबीच विवादसँगै झडप, प्रसाईले भनेजस्तो चुनाव भाडिने खतरा
काठमाडौं– रवि लामिछाने–बालेन्द्र साह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले चुनाव प्रचार प्रसारका क्रममा उध्दण्डता देखाउन थालेका छन् ।

चुनाव प्रचारमा घण्टी बोकेर हिँडेका सो पार्टी सम्वद्ध कार्यकर्ताले अरू पार्टीको कार्यक्रम बिथोल्न खोजेको थाहा पाइएको हो । हिजो एकैदिन दाङ र अछाममा उनीहरूले अराजक र असहिष्णु हर्कत देखाएका थिए ।
अछाममा नेकपा उम्मेदवार डा. भीमबहादुर रावलको चुनावी सभामा छिरेर हुलदंगा मच्चाउन खोजेको बताइएको छ ।
![]() |
![]() |
![]() |
|---|
निर्वाचन प्रचार प्रसार कमिटीका संयोजक शेरबहादुर कुँवरका अनुसार आम सभा चलिरहेको स्थानमा ठूलो स्वरमा माइक बजाउँदै आएका रवि–बालेन्द्रका कार्यकर्ताले शुरुमा गाडीबाट मुन्टो निकालेर घण्टी बजाउँदै जिस्क्याएका थिए । सभामा सहभागीलाई उत्तेजित बनाएर कार्यक्रम बिथोल्ने मनशायका साथ यसो गरिएको भन्दै उनले आपत्ति जनाएका छन् ।
रामारोशन गाउँपालिका–५ चौकामा चुनावी सभा भैरहेका बेला बोलेरो गाडीमा हुँइकिंदै आएका सो पार्टीका कार्यकर्ताले घण्टी बजाएर आमसभा बिथोल्न खोजेको नेकपाले जनाएको छ ।
कुँवरले जारी गरेको वक्तव्यमा भनिएको छ, ’यो देख्नासाथ नेपाली कम्युनिष्ट पार्टीको सभामा सहभागी नेताले नजिकै रहेका प्रहरीलाई उक्त गाडीमा रहेका रास्वपाका मानिसहरूको हर्कत बन्द गराउनका साथै आमसभामा सहभागी जनतामा त्रास र उत्तेजना फैलाउने काम बन्द गराउन हाम्रो तर्फबाट आग्रह गरियो ।’
Image Source: © https://mulpatra.com
यसलाई आचार संहिता विपरीतको कदम भन्दै नेकपाले घोर निन्दा र भत्र्सना गरेको छ । साथै,निर्वाचन कानुन र आचार संहिताबमोजिम तिनीहरुलाई कारवाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षणसमेत गराएको छ ।
“केही दिनअघि बारामा पनि भोट माग्दै हिँडेका रास्वपा कार्यकर्ताले अर्को पार्टीलाई मत हाल्ने आशय व्यक्त गरेका एक मतदाताको कानमा घण्टी बजाएका थिए । भोट दिने बाचा नगरेसम्म घण्टी बजाइरहने भन्दै उनीहरूले मतदातालाई चिढ्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।“
यता,हिजै तुलसीपुरमा रास्वपा सभापति लामिछाने र बालेन्द्रको स्वागत गर्न बसेकाहरुले एमालेको झण्डामा आगो सल्काएको आरोप छ । उनीहरुले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजीसमेत गरेका थिए ।
सामाजिक सञ्जालमा हालिएको भिडियोपछि दाङमा राजनीतिक तनाव बढेको छ । लामिछाने समूह सुर्खेतबाट तुलसीपुर हुँदै घोराही जाने क्रममा उक्त घटना भएको हो ।
एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुरमा भएको उक्त घटनाको सो पार्टीकी केन्द्रीय सदस्य शान्ता चौधरीले विरोध जनाएकी छन् । केही दिनअघि बारामा पनि भोट माग्दै हिँडेका रास्वपा कार्यकर्ताले अर्को पार्टीलाई मत हाल्ने आशय व्यक्त गरेका एक मतदाताको कानमा घण्टी बजाएका थिए ।
भोट दिने बाचा नगरेसम्म घण्टी बजाइरहने भन्दै उनीहरूले मतदातालाई चिढ्याएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
यी र यस्ता घटनाले चुनावी माहौलमा असर पुग्नसक्ने आकलन गरिएको छ । ’नागरिक बचाउ महाभियान’ को आवरणमा व्यवस्थाविरोधी आन्दोलन चलाइरहेका दुर्गा प्रसाईंले प्रहरी हिरासतबाटै निर्वाचन बहिष्कार गर्न आह्वान गरेका छन् ।
सोमबार पक्राउ गरेका उनले स्वकीय सचिवको सहयोगमा सामाजिक सञ्जालमार्फत् चुनाव बहिष्कार गरी देश बचाउने अभियानमा सरिक हुन खोरबाटै अपील गरेका हुन् ।
अन्तिम राजा ज्ञानेन्द्र साहले हिजो भिडियो सन्देश जारी गर्दै मुलुकमा ठूलो संकट आएको जिकिरसहित निर्वाचनअघि सर्वपक्षीय सहमतिको लागि आग्रह गरेका थिए । सोही सन्दर्भ औँल्याउँदै प्रसाईंले पनि मुलुकमा ठूलो संकट आएको दावी गरेका छन् ।
निर्वाचन बहिष्कारवादी अर्को समूह नेकपा (बहुमत)ले गत मंगलबार नेपाल बन्द घोेषणा गरेको थियो । सोही मौका पारेर विभिन्न ठाउँमा विध्वंश मच्चाउने योजना बनाएको सूचनापछि प्रसाईं पक्राउ परेको बताइएको छ । बाँस्तोला पनि पक्राउ परिसकेका छन् ।
दुवैविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भएको बताइन्छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



