Close

Recent Posts

बालेनलाई ५ वर्ष जेल हाल्न माग गर्दै गृहमा कसले दियो उजुरी

बालेनलाई ५ वर्ष जेल हाल्न माग गर्दै गृहमा कसले दियो उजुरी
  • ८ फाल्गुन २०८२, शुक्रबार १४:२८

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनको नागरिकता रद्द गरी पाँच वर्ष कैद माग गर्दै गृह मन्त्रालयमा उजुरी परेको छ ।

mulpatra

शुक्रबार काठमाडौं– ३१ का युवराज सफलले गृह मन्त्रालयमा उजुरी दिएका हुन् । शाहले आफूखुसी थर परिवर्तन गरेकाले उनको नागरिकता रद्द गर्न तथा पाँच वर्ष कैद गर्न तथा एक लाख जरिवाना गर्न पनि सफलले माग गरेका छन् ।

बालेनले २०६३ पुस ६ गते महोत्तरीबाट लिएको नागरिकतामा ‘साह’ थर भए पनि काठमाडौंको मेयर भएपछि २०७९ असार १९ गते नागरिकताको प्रतिलिपि लिँदा आफ्नो थर ‘शाह’ बनाएको उजुरीमा दाबी गरिएको छ ।

mulpatra mulpatra mulpatra

उनले झुटो विवरण पेस गरेर थर परिवर्तन गरेकाले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ ।