Close

Recent Posts

जापान रोजगारीमा सिण्डिकेट चलखेलको आरोप लागेका संघ अध्यक्षको भिसा रद्द

जापान रोजगारीमा सिण्डिकेट चलखेलको आरोप लागेका संघ अध्यक्षको भिसा रद्द
  • १० फाल्गुन २०८२, आईतवार १२:०१

काठमाडौं– आगामी २४ फेब्रुअरी अर्थात् मंगलबार जापानको राजधानी टोकियोमा हुने दोस्रो जापान–नेपाल रोजगार सम्मेलनको तयारी पूरा भएको छ ।

mulpatra

टोकियो महानगरीय औद्योगिक व्यापार केन्द्र हामामात्सुचो–कानमा आयोजना हुने रोजगार सम्मेलनमा भाग लिन नेपालबाट करिब ४ दर्जन वैदेशिक रोजगार व्यवसायी जापान आएका छन् ।

तर यही कार्यक्रमका लागि भिसाको आवेदन दिएका नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङलाई जापानले भिसा दिएनन् । उनले जापान रोजगारीमा सिण्डिकेटको चलखेलका कारण भिसा रद्द गरेको नेपालस्थित जापान दूतावास स्रोतले जनाएको छ ।

mulpatra mulpatra mulpatra

स्रोतका अनुसार उनले विगतमा जापान रोजगारीमा जाने कामदारको हकमा सिण्डिकेटका लागि चलखेल गरेका कारण उनको भिसा रद्द गरिएको हो ।

संघ, जापानको आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन, जापान आप्रवासन संघ प्रायोजक रहेका छन् ।

आप्रवासन सेवा एजेन्सी, जापान अन्तर्राष्ट्रिय प्रशिक्षार्थी र दक्ष कामदार सहयोग संगठन र जापान आप्रवासन संघ प्रायोजक रहेका छन् ।

Image Source: © https://mulpatra.com

नेपालमा ८ वटा क्षेत्रमा जाने कामदारको मात्रै सीप परीक्षा हुने र बाँकी क्षेत्रको रोजगारीमा जान जापान, फिलिपिन्स, भियतनाम गएर परीक्षा दिनुपर्ने बाध्यता रहँदा आर्थिक तथा समय दुवै हिसाबले अव्यवहारिक भएकाले बाँकी ११ क्षेत्रको परीक्षा पनि नेपालमा नै हुने व्यवस्था गर्न जरुरी देखियो ।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेका थिए ।

नेपाल र जापानबीचको कूटनीतिक सम्बन्धको ७०औं वर्षगाँठ गत माघ तेस्रो हप्ता टोकियोमा मनाइएको थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com