Close

Recent Posts

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

किर्ते जालसाजी, नक्कली प्रिन्ट र स्टिकरमा अदालतले दोषी ठहर, गैरेलाई बैरो एसोसिएसन अध्यक्षमा बस्ने नैतिकताले देला ?

कफ्र्युपछि रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित

कफ्र्युपछि रौतहट जिल्ला अदालतका सम्पूर्ण कामकारबाही स्थगित
  • १० फाल्गुन २०८२, आईतवार १२:४८

काठमाडौँ– रौतहट जिल्ला अदालतले आज आइतबार हुने सम्पूर्ण कामकारबाही स्थगित भएको जनाएको छ ।

mulpatra

जिल्ला प्रशासन कार्यालय रौतहट गौरले अर्को आदेश नभएसम्म गौर नगरपालिका क्षेत्रमा कुनै व्यक्ति आवतजावत गर्न, भेला सभा जुलुस तथा प्रदशर्न गर्न नपाउने गरी जारी भएको अनिश्चितकालीन कफ्र्यू आदेश जारी भएकाले अदालतको कामकारबाही पनि प्रभावित भएको जनाएको छ ।

अदालतले सूचना जारी गरेर अदालतबाट प्रदान गरिने आजको सम्पूर्ण सेवा स्थगित रहने र तारिख तथा म्यादसमेत नगुज्रिने जानकारी दिएको छ ।

mulpatra mulpatra mulpatra

फागुन ७ गतेदेखि भड्किएको हिंसाका कारण रौतहटको सदरमुकाम गौरमा अनिश्चितकालीन कफ्र्यु जारी छ ।