११ दिन बाँकी निर्वाचन स्थगित गर्ने प्रयास कसले गदैछ ?
काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले संविधान संशोधनको कुरा कसैले नसुन्ने बताएका छन् । आज बिहान झापाको दमकमा आयोजित कार्यक्रममा उनले उपयुक्त समय आएपछि संविधान संशोधन गरिने बताए ।

‘अहिले संविधान संशोधनका कुरा निकालेर कोही सुन्नेवाला छैनन्,’ ओलीले भने, ‘उपयुक्त समय आएपछि संविधान संशोधन गरिन्छ। अहिले होइन ।’
उनले नेपाली काङ्ग्रेससँगको सहकार्यमा सरकार गठन गर्दा ७ बुँदै सहमतिमा यो विषय उल्लेख गरिएको बताए । ‘त्यतिबेला परिस्थिति नै खराब ढङ्गबाट विकास गरिएका कारण यो विषय थाती रह्यो,’ उनले भने, ‘जनतालाई आवश्यक भएका, देशलाई अघि बढाउने विषय र जरुरी विषयहरूलाई समावेश गरी संविधान संशोधन गरिन्छ ।’
![]() |
![]() |
![]() |
|---|
उनले रास्वपा समाज भाँड्न उद्यत रहेको आरोप पनि लगाए । निर्वाचनमा पराजय भोग्ने देखेपछि केही तत्त्व समाज भाँड्न लागि परेको उनको दाबी थियो ।
रास्वपातर्फ लक्षित गर्दै उनले रौतहटको पछिल्लो घटना पनि यसैको उपज रहेको दाबी गरे। ‘चुनाव भाँड्ने, समुदायमा विद्वेष फैल्याउने, अराजकता निम्त्याउनेहरू सक्रिय हुँदै गएका छन्, यस्ता कुरा नेपाली समाजका लागि पाच्य हुँदैनन्,’ उनले भने।
जनताबाट अस्वीकृत हुने देखिए पछि त्यस्ता तत्त्व समाजमा साम्प्रदायिकता फैल्याउने, अराजकता निम्त्याउने, चुनावको वातावरण धमिल्याउने जस्ता गतिविधिमा लागेको उनको भनाई थियो ।
Image Source: © https://mulpatra.com
‘एमाले सधैँ जनताको बिचमा रहने छ, जनताकै बिचमा हुर्किएको पार्टी भएकाले जनताका बिचमा जान कुनै समस्या छैन,’ उनले भने ।
फेरि आफ्नो निर्वाचन क्षेत्रका चुनावी कार्यक्रममा व्यस्त हुन थालेका छन् । काठमाडौँबाट शनिबार झापा पुगेका ओली झापा क्षेत्र नम्बर ५ का विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन्।
आइतबार उनी आफ्नो निर्वाचन क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
आज बिहान ओलीले इसाई समाज दमकले गरेको नगरबासीसँग भेटघाट कार्यक्रममा सहभागी भएका छन्। इसाई समाजले ओलीलाई ९ बुँदे माग पेस गरेका छन्।
ओलीलाई समाजका अगुवाहरुले भेटगरी धर्मनिरपेक्ष मुलुकमा सबै धर्म र आस्थाहरूलाई समान व्यवहार गर्ने व्यवस्था मिलाउन माग गरेका हुन्।
समाजका नगर अध्यक्ष हेमन्त सुब्बा, सल्लाहकार आकाश थुलुङ्सहितका अगुवाहरूले ओलीलाई भेटेर मृत्युपछिको संस्कारका लागि समाधीस्थलको व्यवस्था, इसाईका मुख्य पर्वलाई राष्ट्रिय पर्व र बिदामा समावेश गर्न माग गरेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई झापा ५ मा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कडा चुनौति दिएका छन्।
पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक गर्न यही फागुन ६ गते काठमाडौँ आएका ओली शनिबार पुनः झापा गएका हुन्। यो निर्वाचनमा ओली आफ्नो निर्वाचन क्षेत्रमा मात्रै केन्द्रीत भएका छन्।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



