निर्वाचनमा फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा
काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३ दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ ।

आइतबार आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिन सरकरालाई सिफारिस गर्दै पत्राचार गरेको हो । आयोगको सार्वजनिक बिदासम्बन्धी सिफारिसबारे अब बस्ने मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गर्नेछ ।
आयोगको निर्णयअनुसार बिदा दिइए आगामी हप्ता लगातार ६ दिन सार्वजनिक बिदा पर्नेछ । फागु पूर्णिमाको अवसरमा पहाडमा १८ गते र तराई १९ गते सार्वजनिक बिदा दिइएको छ भने २० गतेदेखि २२ गतेसम्म निर्वाचनको बिदा दिँदा ५ दिन र २३ गते शनिबार परेकाले आगामी हप्ता ६ दिन सार्वजनिक बिदा हुन सक्ने देखिन्छ ।
![]() |
![]() |
![]() |
|---|
साथै २४ गते आइतबार अन्तर्राष्ट्रिय महिला दिवस पनि मनाइँदै छ।



