धादिङ बस दुर्घटनाः मृतकको संख्या १७ पुग्यो

धादिङ बस दुर्घटनाः मृतकको संख्या १७ पुग्यो
  • ११ फाल्गुन २०८२, सोमबार ०६:५९

काठमाडौँ । पोखराबाट काठमाडौं आउँदै गरेको बस मध्यरातमा त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या १७ पुगेको छ। २८ जना घाइते भएका छन्।

mulpatra

माछापुच्छ्रे ट्राभल्सको ग२ख १४२१ नं.को बस धादिङको बेनीघाट रोराङ गाउँपालिकाको चरौदी नजिकै सोमबार बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको हो ।

दुर्घटनामा परी मृत्यु भएका १७ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । घाइते २८ जनालाई उद्धार गरेर विभिन्न अस्पताल लगिएको उनले जानकारी दिए ।

mulpatra mulpatra mulpatra

बस सडकमा करिब ३०० मिटर तल खसेको थियो । घाइतेहरुको नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयवासीद्वारा उद्धार कार्य भइरहेको छ ।