Close

Recent Posts

रौतहटको हट्यो विरगंजमा लाग्यो कर्फ्यु

रौतहटको हट्यो विरगंजमा लाग्यो कर्फ्यु
  • ११ फाल्गुन २०८२, सोमबार १०:४६

काठमाडौं। वीरगञ्ज महानगरपालिकामा सुरक्षा अवस्था गम्भिर बनेपछि जिल्ला प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । प्रशासनले आज वस्तुस्थितिलाई मध्यनजर गर्दै बिहान ९ः४५ बजेदेखि लागू हुने गरी महानगरका मुख्य क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको हो।

mulpatra

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सुचनामा अर्को सूचना नभएसम्मका लागि सर्वसाधारणको आवतजावत र भेला हुन पूर्ण प्रतिबन्ध लगाइएको छ।

प्रशासनले कर्फ्यु लागू हुने क्षेत्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा नेपाल(भारत सीमा नजिकैको शङ्कराचार्य गेटभित्रको सम्पूर्ण भूभाग रहने छ ।

mulpatra mulpatra mulpatra

कर्फ्यु आदेश जारी भए पनि एम्बुलेन्स, दमकल, शव वाहन र स्वास्थ्यकर्मीका सवारी साधनहरूलाई निर्वाध रूपमा चल्न दिइनेछ। त्यस्तै सञ्चारकर्मी, विश्वविद्यालयका पूर्व निर्धारित परीक्षामा सामेल हुने परीक्षार्थी तथा कर्मचारी, पर्यटकका सवारी साधन र कूटनीतिक नियोगका गाडीहरूलाई पनि सुरक्षाकर्मीले सहजीकरण गर्ने विज्ञप्तिमा उल्लेख छ।

उता रौतहटमा लागेको कर्फ्यु आज मात्र हटाएको थियो । आज विरगञ्जमा कर्फ्यु लाउनु पर्ने अवस्था भएपछि तराईमा सुरक्षा संवेदनशीलता जतिखेर पनि खल्बलीने आशंका गर्दै प्रहरीले उच्च सतर्कता अपनाएको छ ।