Close

Recent Posts

धादिङ बस दुर्घटना: ज्यान गुमाउनेको संख्या २० पुग्यो

धादिङ बस दुर्घटना: ज्यान गुमाउनेको संख्या २० पुग्यो
  • ११ फाल्गुन २०८२, सोमबार १२:०५

काठमाडौं– धादिङमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ। प्रहरीका अनुसार १७ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

mulpatra

पोखराबाट ३४ जना यात्रु बोकेर आइतबार साँझ करिब ७ बजे काठमाडौंतर्फ छुटेको माछापुच्छ्रे टुर्स एन्ड ट्राभल्सको ग १ ख १४२१ नम्बरको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–५, भैँसीगौडामा राति १ः३० बजे दुर्घटनामा परेको थियो । पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदी किनारमा बस दुर्घटनाग्रस्त भएको थियो ।

पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अध्यक्ष एनकुमार साईका अनुसार दुर्घटनाको यकिन विवरण संकलनका लागि कम्पनीका प्रतिनिधि मलेखुबाट घटनास्थलतर्फ गएका छन्। उनका अनुसार बस तनहुँको जामुने निवासी ओमकुमार श्रेष्ठको रहेको र उनी स्वयं पनि बसमा सवार थिए।

mulpatra mulpatra mulpatra

बस चालक सुजित नेपालीको अवस्था भने हालसम्म अज्ञात रहेको बताइएको छ। घाइतेहरूलाई काठमाडौंस्थित ट्रमा सेन्टर तथा आसपासका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जालमार्फत दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। साथै, दुःखको यस घडीमा पीडित परिवारलाई हरसम्भव सहयोग गर्न सम्बन्धित निकाय तथा सर्वसाधारणलाई आग्रह गरेका छन्।

उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन टोली, गोताखोर तथा स्थानीयवासीको सक्रियताप्रति उनले धन्यवाद ज्ञापन गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com